Tuesday, December 11, 2018
Home > मनोरञ्जन > क्षीतिज औसीको रात लिएर आए (भिडियोसहित)

क्षीतिज औसीको रात लिएर आए (भिडियोसहित)


सञ्चारक
काठमाडौं, भदौ १८ ।
गायक मोहन क्षीतिज औसीको रात लिएर आएका छन् । उनी नयाँ गीत ‘औसीको रात’को भिडियो लिएर दर्शकमाझ आएका हुन् ।

काठमाडौको गोकर्णलगायत अन्य विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोमा यलेन मगर, जुना मगरलगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ । भिडियोले माया प्रेमको थिम उठाएको छ ।

चन्द्रलाल तामाङको शब्द तथा मनोज चौलागाईको सङ्गीत रहेको गीतलाई बुढा सुब्बा डिजिटल प्रा.लि.ले सार्वजनिक गरेको हो । भिडियोलाई सियोन श्रेष्ठले निर्देशन गरेका हुन् । भिडियोको लागि https://www.youtube.com/watch?time_continue=4&v=3Ma1ky_Xw9Q मा क्लिक गर्नुहोला ।

%d bloggers like this: