Thursday, November 15, 2018
Home > breaking > मेची-महाकाली प्रवासी समाज नेपाल भारत ट्रष्टको औपचारिक उदघाटन सम्पन्न

मेची-महाकाली प्रवासी समाज नेपाल भारत ट्रष्टको औपचारिक उदघाटन सम्पन्न

सुरत राउत

सञ्चारक
मेची-महाकाली प्रवासी समाज नेपाल भारत ट्रष्टको आयोजनामा संस्थाको औपचारिक उदघाटन समारोह बुधबार बेङलोर-बसन्तनगरको भारतीय पब्लिक सभाहलमा सु-सम्पन्न भएको छ । ट्रष्टका अध्यक्ष राजेश भट्टको अध्यक्षता भएको कार्यक्रममा नेपाली एकता समाज भारतका बेङलोर अध्यक्ष माधब भण्डारी प्रमुख अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बिशिस्ट अतिथि एवं राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका प्रदेश नं. ७ का संयोजक सुरत रावत (डोटेली कान्छा), पशुपति जनकल्याण समितिका संस्थापक अध्यक्ष जनेश्वर जोशी,स्वतन्त्र महिला अधिकारकर्मी दिपा शर्मा, प्रवासी नेपाली जन समाजका उपाध्यक्ष टेकराज खाती, सुदुरपश्चिमेली सेवा समाजका अध्यक्ष लिलाधर कपाडी, सुदुरपश्चिम नेपाली समाजका अध्यक्ष जनक ढुंगाना, सुदुरपश्चिम प्रवासी जनउत्थान समाज ट्रस्टका चन्द्र कुवँर, लगायतले मन्तव्य ब्यक्त गर्नुभएको थियोे । कार्यक्रममा मेची-महाकाली प्रवासी समाज नेपाल भारत ट्रस्टका महासचिव ईश्वर अवस्थीले भावी योजना तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । सञ्चालन बिशन चौलागाईंले गर्नु भएको थियोे ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत शाखा बेङलोरका अध्यक्ष लोकदोहोरी गायक गोबिन्द ढकाल ,लोक गायक बिरेन्द्र साउँद ,डेउडा गायक यज्ञराज भट्ट , आधुनिक गायक बिनोद तामाङ, नृत्यकार सोहन सेट्टी, गायक चक्र बि.सि., नृत्यकार कुशल धामी ,नृत्याङना निशा तामाङ लगायतका कलाकारहरुले आ-आफ्नो प्रस्तुति प्रस्तुत गर्नु भएको थियो ।

%d bloggers like this: