Tuesday, July 16, 2019
Home > breaking > अपहरणमा परेका ११ वर्षीय बालकको हत्या, प्रहरीले गोली चलाउँदा दुवैजना अपहरणकारीको मृत्यु

अपहरणमा परेका ११ वर्षीय बालकको हत्या, प्रहरीले गोली चलाउँदा दुवैजना अपहरणकारीको मृत्यु

सञ्चारक
भक्तपुर, साउन २१ ।
काँडाघारीबाट आइतबार अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको हत्या भएको खुलेको छ। अपहरणमा परेका खड्काको शव भक्तपुरको ठिमीमा भेटिएको प्रहरीले जनाएको छ। अपहरणकारीलाई नियन्त्रमा लिन प्रहरीले गोली चलाउँदा दुबै जना प्रहरी इन्काउन्टरमा मारिएका छन्। बालक अपहरणमा परेपछि प्रहरीले ठूलो टिम परिचालन गरेर खोजतलास गरेको थियो। प्रहरी इन्काउन्टरमा गोपाल तामाङ र अजय तामाङ नाम गरेका दुई युवाहरु मारिएको महानगरीय प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्रप्रसाद उप्रेतीले जानकारी दिए। बालकलाई अपरण गरेर उनीहरूले हत्या गरेका थिए। घटनाबारे थप विवरण आउन बाँकी छ।

%d bloggers like this: