Tuesday, October 23, 2018
Home > breaking > अवैध सुन तस्करी गर्ने पक्राउ

अवैध सुन तस्करी गर्ने पक्राउ

काठमाडौँ, साउन १ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध रुपमा सुन तस्कर गरेको आरोपमा दुई जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

परिसरको टोलीले वैदेशिक रोजगारीका सिलसिलामा भन्सार छलेर सुन ल्याउँदै गरेका अवस्थामा धनुषाका ५० वर्षीय रामसुगारत यादव र काभ्रेपलाञ्चोकका ३२ वर्षीय पाल्देन लामालाई आइतबार पक्राउ गरेको थियो । परिसरका प्रवक्ता मोहनकुमार थापाले अभियुक्त यादवसँग रु चार लाख ८७ हजार ९४५ बराबरको ९९.५ ग्राम सुन र लामासँग रु चार लाख ८८ हजार बराबरको १०० ग्राम सुन बरामद गरिएको जानकारी दिनुभयो । अभियुक्त दुवै जनालाई आवश्यक कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रवक्ता थापाले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: