Tuesday, December 11, 2018
Home > breaking > सर्पदंशसहितको उपचार केन्द्र निर्माण हुँदै

सर्पदंशसहितको उपचार केन्द्र निर्माण हुँदै

बुटवल, असार २९ ।
रुपन्देहीको सैनामैना नगरपालिका– १० स्थित बनकट्टीमा सर्पदंशसहित अन्य रोगको उपचार केन्द्र निर्माण गरिएको छ । सो उपचार केन्द्रको ९० प्रतिशत काम पूरा भएको व्यवस्थापन समितिका अध्यक्ष मीनप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

रु एक करोड भन्दाबढीको लागतमा निर्माण हुन लागेको उपचार केन्द्रका लागि महायज्ञबाट रु ७४ लाख संकलन भएको थियो भने सैेनामैना नगरपालिकाबाट रु २० लाख, कञ्चन गाउपालिकबाट रु पाँच लाख र गैंडहवा गाउँपालिकाबाट रु दुई लाख ५० हजार प्रदान गरिएको थियो ।

रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका क्षेत्रमा विषालु सर्पको डसाइबाट वर्षेनी कयौं व्यक्तिको मृत्यु हुने गरेको र उपचारका लागि बुटवल जानुपर्ने अवस्था यो केन्द्रको निर्माण पछि अन्त्य हुने जानकारी दिँदै नगरप्रमुख चित्रबहादुर कार्कीले नेपाली सेनासँगको समन्वयमा उपचार केन्द्र स्थापना हुन लागेको र सेनासँगको सहकार्यबाट उपचार सेवालाई निरन्तर र दिगो बनाउने बताउनुभयो ।

“कहिलेकाहीँ एण्टी स्न्याक भेनमको पनि अभाव हुनसक्छ तर सेनासँगको सहकार्यमा त्यस्तो समस्या नआउन सक्छ” उहाँले भन्नुभयो,
“यस केन्द्रमा सर्पदंश सहित अन्य रोगको पनि उपचार गरिने भएकाले स्थानीयवासीले आधारभूत स्वास्थ्य सेवा समेत पाउन छन्” ।

झण्डै पाँच कठ्ठा जग्गामा स्थापना भएको उपचार केन्द्र पहिलो चरणमा छ श्ययाकोे हुनेछ र त्यसलाई पुनः बढाइँदै लगिने बताइएको छ । रासस

%d bloggers like this: