Tuesday, October 23, 2018
Home > breaking > आगलागीबाट सात लाखको क्षति

आगलागीबाट सात लाखको क्षति

राजविराज, असार २९ ।
सप्तरीको महदेवा गाउँपालिका–१ मा शुक्रबार बिहान आगलागी हुँदा रु सात लाख मूल्यबराबरको क्षति भएको छ ।

स्थानीय लक्ष्मी इसरको गाई गोठमा विद्युत् सर्ट भई आगलागी हुँदा निजको एउटा गोठ र एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो ।

आगलागीबाट गोठभित्र रहेको ४० क्विन्टल धान, ४० क्विन्टल गहुँ, नगद जिन्सी, भाँडाकुँडालगायतका सामान जल्दा करीब रु सात लाख मूल्यबराबरको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

स्थानीयवासी, प्रहरी र हनुमाननगर कंकालनी नगरपालिकाबाट गएको वारुणयन्त्रले आगो नियन्त्रमा लिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: