Thursday, September 20, 2018
Home > मनोरञ्जन > सुनिलको गित सामाजिक सञ्जालमा भाइरल १ दिनमै लाख पटक बढि हेरियो (भिडियो सहित)

सुनिलको गित सामाजिक सञ्जालमा भाइरल १ दिनमै लाख पटक बढि हेरियो (भिडियो सहित)

सञ्चारक
काठमाडौं, असार ।
पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल बनेका सुनिल छिदालको पहिलो आधुनिक गित मेरो सपना एक दिनमै १ लाख बढि पटक हेरिएको छ ।

हिजो मात्रै सार्वजनिक भएको उक्त गित अहिलेसम्म १ लाख २१ हजार पटक हेरिएको छ । गायक तथा संगीतकार कर्ण सन्ज्यालको शब्द तथा संगीत रहेको गितलाइ तरंग डिजिटल रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको थियो ।

गितमा चर्चित गायक जय देवकोटा र टिना श्रेष्ठको अभिनय रहेको छ । भारतमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका सुनिलले आफ्नो फेसबुकमा गित गाएर राखेपछी उनि एकाएक सामाजिक सञ्जालमा भाइरल भएका थिए ।

उनको फेसबुकमा राखेको गित र स्वर सुनिसकेपछी गायक तथा संगीतकार कर्ण सन्ज्यालले गायक देवकोटा स्टुडियो परिवार संगको सल्लाह बमोजिम मेरो सपना नामक गित रेकर्डको ब्यबस्थापन गरेका हुन ।

भिडियो हेर्न यो लिङ्कमा जानुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: