Tuesday, October 23, 2018
Home > breaking > करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

करेन्टबाट नगर विकास समितिका पूर्वाध्यक्षको मृत्यु

धादिङ, असार २४ ।
धादिङबेँसी नगर विकास समितिका पूर्वाध्यक्ष केशवराज अधिकारीको आज करेन्ट लागेर मृत्यु भएको छ ।
नीलकण्ठ नगरपालिका–३ पहरेचौतारा निवासी सामाजिक कार्यकर्ता ५५ वर्षीय अधिकारीको घर नजिकै खेतमा पानी लगाउने क्रममा मोटरमा जोडिएको तारको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बताउनुभयो ।

खेतमा पानी लगाउन लाग्नुभएका अधिकारीको पानी तान्ने मोटरमा जोडिएको तारबाट करेन्ट लागेपछि घटनास्थलमै मृत्यु भएको थियो । यसअघि बनाइएको नयाँ घरमा पानी लगाउन लाग्दा मोटरमा जोडिएको तारबाट करेन्ट लागेर चार दिनअघि नीलकण्ठ नगरपालिका–ं ३ धादिङबेँसीका अर्जुन श्रेष्ठको मृत्यु भएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: