Sunday, August 19, 2018
Home > breaking > च्याउ खाँदा एकै परिवारका चारजना सिकिस्त

च्याउ खाँदा एकै परिवारका चारजना सिकिस्त

दमौली, असार २४ ।
देवघाट गाउँपालिका–२ मास्दीमा शनिबार बारीमा परालमा उम्रेको च्याउ ल्याएर खाँदा एकै परिवारका चारजना सिकिस्त भएका छन् ।

सिकिस्त विरामी हुनेमा सोही ठाउँका ४५ वर्षीय नोपबहादुर ठकुरी, उनकी ४२ वर्षीया श्रीमती हितमाया, २२ वर्षीय छोरा सन्दिप र नौ वर्षीय छोरा रितभर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घर नजिकैको बारीमा परालमा उम्रेका ठूल्ठूला च्याउ ल्याएर तरकारी खाँदा उनीहरु सिकिस्त भएका हुन् । ती सबैको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: