Friday, October 19, 2018
Home > breaking > सांस्कृतिक विशेषताले नेपाललाई चिनायो : मन्त्री बाँस्कोटा

सांस्कृतिक विशेषताले नेपाललाई चिनायो : मन्त्री बाँस्कोटा

बनेपा, असार २४।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले संसारमा नेपाली भनेर चिनिने चिज नै नेपालको सांस्कृतिक विशेषता भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा नृत्य निर्देशक संघ नेपाल, काभ्रेपलाञ्चोकले आयोजना गरेको ३ नं. प्रदेशस्तरीय नृत्य महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले त्यहीँभित्र हामी नेपालीको आफ्नो पहिचान रहेको बताउनुभयो ।

उहाँले चरिकोट माथितिरका शेर्पाहरूले बख्खु लगाएर गरेको नृत्य संसारभरिमा बेग्लै आकर्षणको केन्द्र बनेको र तलतिर झर्दा तामाङहरू डम्फु बजाएर नाच्ने गरेको नृत्य हेर्न धेरै मानिसहरू जाने गरेको अवस्था नै यो सबैका लागि आकर्षण भएको प्रमाणित हुने उल्लेख गर्नुभयो ।

“देशका विभिन्न भेग र वस्तीमा बसेका स्थानहरूमा मेलापात र विवाह व्रतबन्ध, छेवार र गुफा राख्ने जस्ता साँस्कृतिक पर्वमा आफ्नै प्रकारको कला र संस्कृति छ, जसले नेपालीलाई हाँस्न र बाँच्न सिकाउने गरेको छ,” उहाँले भन्नुभयो ।

मन्त्री बाँस्कोटाले नृत्यको विषयमा अन्तर्राष्ट्रिय दिवस मनाउने गरेको र नेपाली नृत्य क्षेत्रको आफ्नै दिवस नभएको भन्ने विषयमा आप्mनो ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसका लागि नेपाल सरकारको तर्फबाट आमन्त्रण गरेको र नृत्य निर्देशक संघ नेपालका प्रतिनिधिहरूसँग कुरा गरी त्यस विषयमा टुंगो लगाउने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले राष्ट्रिय कला परिषदको केन्द्र बनेपामा राख्ने भनेर प्रदेशसभाबाट रु दुई करोड बजेट छुट्याइसकेको सो अवसरमा जानकारी दिनुभयो ।

मन्त्री बाँस्कोटाले राष्ट्र निर्माणको अभियान नेपाल सरकारले शुरु गरेकाले संस्कृतिको समृद्धिलाई अन्तर्राष्ट्रिय स्तरमा पनि पु¥याउन जरुरी रहेको बताउनुभयो ।

प्रदेश सांसद बसुन्धरा हुँमागाईले कला र संस्कृतिको विकासका लागि सहयोग गर्न आफू तयार रहेको बताउनुभयो । अबको समय झगडा नभई निर्माणको समय भएकाले सबै मिलेर अगाडि बढ्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवनदास श्रेष्ठले कला र संस्कृतिको विकास, प्रबद्र्धन र समृद्धिका लागि काम गर्दै आएको उल्लेख गर्दै नेपालका बहुसांस्कृतिक बहुभाषिक अवस्थालाई चिनाउन लागिरहेको बताउनुभयो ।

‘नृत्य हाम्रो अभियान, कला र संस्कृतिको पहिचान’ भन्ने नाराका साथ नृत्य निर्देशक संघ नेपाल, काभ्रे जिल्लाको आयोजनामा भएको ‘३ नं. प्रदेशस्तरीय नृत्य महोत्सव–२०७५’ मा जिल्लाभित्रका विभिन्न विद्यालय संघ/संस्थाका गरी आठ जिल्लाका २१ समूहले सहभागिता जनाएको नृत्य निर्देशक संघ नेपालका सचिव अमरकृष्ण चन्दले जानकारी दिनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: