Sunday, August 19, 2018
Home > breaking > सरकारलाई सफल बनाउन कर्मचारी वर्गको भूमिका महत्वपूर्ण – मन्त्री अधिकारी

सरकारलाई सफल बनाउन कर्मचारी वर्गको भूमिका महत्वपूर्ण – मन्त्री अधिकारी

पोखरा, असार २३ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मुलुकका तीनै तहका सरकारलाई सफल बनाउन कर्मचारी वर्गको महत्वपूर्ण भूमिका रहेको बताउनुभएको छ ।

गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजित प्रदेशस्तरका विकाससँग सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिँदै उहाँले संविधान पूर्णरुपले कार्यान्वयन भइसकेको वर्तमान अवस्थामा विकास निर्माणका कामलाई छिटोछरितो बनाएर जनतालाई अनुभूति गराउनुपर्नेमा जोड दिनुभयो ।

प्रदेश कार्यालयको क्षमता विकास गर्नु पहिलो आवश्यकता भएको बताउँदै मन्त्री अधिकारीले वर्तमान संक्रमणकालीन अवस्थामा टीकाटिप्पणीभन्दा पनि समन्वय, समझदारीको आवश्यकता रहेको उल्लेख गर्नुभयो ।

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको अध्यक्षतामा भएको सो कार्यक्रममा खानेपानी, सडक, कृषि, यातायात, शिक्षा, स्वास्थ्य, पशुविकास लगायतका विभिन्न कार्यालयका प्रमुखले क्रमागत योजनाका लागि बजेट कम भएको, संघ, प्रदेश र स्थानीय तहको सम्बन्धमा स्पष्ट कार्यविधिको अभावका कारण विकास निर्माणका कार्यक्रमले सोचेजस्तो गति लिन नसकेको धारणा राख्नुभएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: