Thursday, November 15, 2018
Home > top news > आगलागी हुँदा ३० लाख बराबरको क्षति

आगलागी हुँदा ३० लाख बराबरको क्षति


सञ्चारक
इलाम, पुस १०।
इलामको देउमाई नगरपालिका वडा नं. ६ फुटुकमा आगलागी हुँदा ३० लाख बराबरको क्षति भएको छ ।

फुटुक स्थित पन्चकन्या चोकमा विद्युत सर्ट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । करिव साढे ११ वजेको समयमा भएको आगलागीमा परि स्थानीय डेविट साउदेनको दुईतले घर पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

आगलागीबाट घरसँगै रहेका दुईवटा किराना पसल समेत जलेका छन् । भाँडावर्तन, नगद लताकपडा, खाद्यान्न र पसल जल्दा अन्दाजी ३० लाख वढीको क्षति भएको जनाइएको छ ।

%d bloggers like this: