Thursday, June 20, 2019
Home > राजनीति (Page 118)

पार्टी एकता फागुनभित्रै : नेकपा (एमाले)

काठमाडौँ, माघ २९ । नेकपा (एमाले) को आइतबारको स्थायी कमिटी बैठकमा नेकपा (माओवादी केन्द्र) संगको पार्टी एकता फागुनभित्रै टुङ्ग्याउने विषयमा छलफल भएको छ । पार्टी कार्यालय, धुम्बाराहीमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकमा नयाँ सरकार गठनसँगै नेकपा (माओवादी केन्द्र) सँग आगामी फागुनभित्र नै एकता गर्ने विषयमा छलफल भएको पार्टीका सचिव

Read More

सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गर्न सकिने : राष्ट्रपति भण्डारी

काठमाडौँ, माघ २९ । राष्ट्रपति विद्यादेवी भण्डारीले सबैको साझा अठोट र प्रतिबद्धताबाट मुलुकमा भ्रष्टाचार निर्मूल गरी सुशासन र विधिको शासन कायम गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २७औँ स्थापना दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भ्रष्टाचारमुक्त समुन्नत एवं सुसंस्कृत समाज स्थापनाका लागि सबै क्षेत्रबाट

Read More

प्रदेश २ मा २१ कर्मचारी मात्र उपस्थित

धनुषा, माघ २८ । प्रदेश नं २ मा प्रदेशसभाका कर्मचारीहरू कार्यालयमा नआएका कारण व्यवस्थापिका र कार्यपालिका सञ्चालनको कामकाज प्रभावित भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत सातवटा मन्त्रालयको कामकाजलाई व्यवस्थित र मर्यादित रूपमा सञ्चालनका लागि सरकारले १७४ जना कर्मचारी खटाउने निर्णय गरेको भए पनि हालसम्म २१ जना कर्मचारी मात्र उपस्थित भएका छन्

Read More

प्रदेश नं. को सभामुखको निर्वाचन शनिबार (आज)

सञ्चारक मकवानपुर, माघ २७ । प्रदेश ३ को सभामुखको निर्वाचन २७ गते शनिबार हुने भएको छ। प्रदेशसभा सचिवालयका अनुसार शनिबार बिहान ११ बजे मनोनयन दर्ता, नामावली प्रकाशन १२ बजे र ३ बजे प्रदेशसभाको बैठकको ध्वनिमतका आधारमा परिणाम घोषणा गरिने प्रदेशसभा सचिवालयका डा.रोजनाथ पाण्डेले जानकारी दिए। शनिबार अपराह्न ५ बजेपछि निर्वाचित सभामुखलाई प्रदेश

Read More

आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव : उपराष्ट्रपति पुन

धुलिखेल, माघ २६ । उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताउनुभएको छ । आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले देशमा सबै तहका नेतृत्व र आमजनसमुदाय त्यसतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अबको प्रतिष्पर्धा आर्थिक समृद्धिका

Read More

प्रदेशसभा संसदीय दलको नेता बन्न मनोनयन दर्ता

विराटनगर, माघ २६ । नेकपा (एमाले) बाट प्रदेश नं १ को संसदीय दलको नेता छान्नका लागि आज दुई जना बीच मतदान हुने भएको छ । संसदीय दलका नेता बन्नका लागि एमालेका सचिवसमेत रहनुभएका नेता भीम आचार्य र पार्टीका पोलिटब्यूरो सदस्यसमेत रहनुभएका पूर्वमन्त्री शेरधन राईले आज बिहान ११ः३० बजे जिल्ला समन्वय समितिस्थित संसदीय

Read More

एमाले प्रदेश नं ३ को दलको नेतामा पौडेल विजयी

काठमाडौँ, माघ २६ । नेकपा (एमाले) प्रदेश नं ३ को संसदीय दलको नेतामा डोरमणि पौडेल विजयी हुनुभएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सम्पन्न निर्वाचनमा पौडेलले ३४ र प्रतिस्पर्धी अष्टलक्ष्मी शाक्यले २४ मत हासिल गर्नुभयो । वाम गठबन्धनको सहमतिअनुसार पौडेल सो प्रदेशमा मुख्यमन्त्री बन्ने निश्चित देखिएको छ । यस प्रदेशमा एमालेका

Read More

एकतापछि पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टीः नेता नेपाल

टीकापुर, माघ २६ । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा (माओवादी केन्द्र) सँग एकता भएर नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) हुने बताउनुभएको छ । आज टीकापुरमा एमाले क्षेत्र नं १ क्षेत्रीय कमिटीले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गदै उहाँले पार्टी एकतापछि पछाडि पुच्छर झुण्डिएर रहेको नाम हट्दै

Read More

एमाले प्रदेश ३ को दलको नेताका लागि निर्वाचन हुँदै

काठमाडौँ, माघ २६ । सहमति नभएपछि नेकपा ९एमाले० प्रदेश नं ३ को संसदीय दलको नेता चयनका लागि आज निर्वाचन हुँदैछ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा हुने निर्वाचनका लागि अहिले उम्मेदवारी दर्ता चलिरहेको छ । हालसम्म डोरमणि पौडेल (मकवानपुर) ले उम्मेदवारी दर्ता गर्नुभएको छ भने पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य (काठमाडौँ) ले उम्मेदवारी

Read More

काँग्रेस बैतडीको उप–सभापतिमा चन्द

बैतडी, माघ २६ । नेपाली काँग्रेस बैतडीको उप–सभापतिमा चतुरबहादुर चन्द मनोनीत हुनुभएको छ । बिहीबार बसेको जिल्ला कार्यसमितिको बैठकले चन्दलाई उप–सभापतिमा मनोनीत गरेको जिल्ला सभापति नरेन्द्रसिंह थापाले जानकारी दिनुभयो । नेपाली काँग्रेसको विधान–२०१७ (संशोधनसहित) को दफा १० को २ क (३) बमोजिम जिल्ला कर्यसमितिका पदाधिकारीमा निर्वाचित कार्यसमिति सदस्य/महासमिति सदस्य/महाधिवेशन प्रतिनिधिमध्येबाट पदाधिकारी मनोनयन

Read More