Tuesday, May 22, 2018
Home > स्वास्थ्य

महोत्तरीमा १३१ कुष्ठरोगी

गौशाला, जेठ ८ । महोत्तरी जिल्लामा १३१ कुष्ठरोगी छन् । जलेश्वर नगरपालिका कार्यालयले आज ‘नगरस्तरीय कुष्ठरोग निवारण अभियान’ कार्यक्रमबारेमा पत्रकारसँग गरेको अन्तरक्रियामा नगरपालिकाका स्वास्थ्य विकास अधिकृत डा सुबोधकुमार मिश्रले महोत्तरीका १० नगरपालिका र पाँच गाउँपालिकामध्ये सबैभन्दा बढी जलेश्वर नगरपालिकामा २४ र सबैभन्दा कम बर्दिबास नगरपालिकामा चार छन् । जिल्लाका प्रत्येक नगर तथा

Read More

निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

बाजुरा, जेठ ७ । बाजुराको बूढीगंगा नगरपालिकामा आइतबार सञ्चालन गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा २०० भन्दा बढी बिरामीले सेवा लिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र बूढीगंगा नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा २०० बढीले उपचार सेवा पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले बताउनुभयो । शिविरमा आएका ५०

Read More

बिपी प्रतिष्ठानमा सेवाग्राहीलाई सास्ती

इटहरी, जेठ ७ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन पक्षको कमजोरीका कारण सेवाग्राहीले यतिखेर निकै समस्या र सास्ती ब्यहोर्नु परिरहेको छ । पैसा खर्च गरेर पनि समयमा ल्याब रिपोर्ट प्राप्त गर्नसक्ने अवस्था नरहेको सेवाग्राहीका अधिक गुनासो बढिरहेको पाइएको छ । विगत केही हप्तादेखि प्रतिष्ठानमा मिर्गौलासम्बन्धी जाँच गर्ने उपकरणमा आएको खराबीका कारणले

Read More

बर्डफ्लु संकटग्रस्त क्षेत्रमा जनस्वास्थ्यको टोली

चितवन, जेठ ६ । कुखुरामा बर्डफ्लु प्रमाणित भएपछि संकटग्रस्त क्षेत्र घोषणा गरिएको क्षेत्रमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले मानव स्वास्थ्यका बारेमा अनुगमन थालेको छ । पूर्वी चितवनको खैरहनी नगरपालिका– ९ सुर्तनीमा महाशाखाका डा हेमन्त ओझाको नेतृत्वमा आएको पाँच जनाको प्राविधिक टोलीले त्यहाँका बासिन्दाको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिन शुरु गरेको छ

Read More

उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै

काठमाडौँ, जेठ ६ । उद्योग , वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ । चिकित्सकको सल्लाहअनुसार उहाँलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको मन्त्री यादवका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । आज अपराह्न १३.३० बजे उहाँ थाई एयरको जहाजबाट त्यसतर्फ जाँदै हुनुहुन्छ । लामो समयदेखि छालाको

Read More

टोखामा स्वास्थ्य सेवा केन्द्र स्थापना

काठमाडौँ, जेठ ६ । काठमाडौँको उत्तरी क्षेत्रका जनताको स्वास्थ्यलाई ध्यानमा राखेर टोखा नगरपालिका–३ मा धनेश्वरमा धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा पोलिक्निक सञ्चालनमा आएको छ । लामो समयदेखि टोखामा बसोबास गर्दै आउनुभएका १५ चिकित्सक तथा परिचरको लगानीमा आजदेखि धनेश्वर स्वास्थ्य सेवा केन्द्र तथा धनेश्वर पोलिक्निक सञ्चालनमा ल्याइएको छ । नवनिर्मित स्वास्थ्य केन्द्रको उद्घाटन

Read More

स्वास्थ्य भक्तपुर अभियान शुरु

नगरकोट, जेठ ६ । रगत नपाए भक्तपुर जानू भन्ने अभियान चलाइरहेको भक्तपुर रेडक्रसले स्वास्थ्य भक्तपुर अभियान सञ्चालन गरेको छ । वर्षायाम शुरु भएसँगै मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले स्वास्थ्यको बारेमा चेतना जगाउने उद्येश्यले स्वास्थ्य अभियान सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाइटी भक्तपुरका मन्त्री परशुराम पाण्डेले बताउनुभयो । स्वस्थ रहनका लागि हरेक मानिसले

Read More

इमर्जेन्सीमासमेत डाक्टर बस्दैनन्

गौशाला, जेठ ६ । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा रहेको इमर्जेन्सी कक्षमा डाक्टर बस्ने गरेका छैनन् । अन्यत्र सिफारिस गरी पठाउने अस्पतालका रुपमा प्रख्यात रहेको जिल्ला अस्पताल जलेश्वरमा बिरामी उपचारका लागि जाँदा कराइरहन्छन् । तर इमर्जेन्सीमा डाक्टर आउँदैनन् । अस्पतालमै रहेको क्वाटरमा सुतिरहेका डाक्टरलाई इमर्जेन्सीमा खटिरहेका अन्य स्वास्थ्यकर्मीहरु बोलाउन सक्दैनन् । किनकि डाक्टरलाई बोलाउन

Read More

शिविरमा ८४ जनाको मोतियाबिन्दुको उपचार

नुवाकोट, जेठ ५ । मोतियाबिन्दु भएर आँखाको ज्योति गुमाएका यहाँका चौरासी जनाको पुनःज्योति फर्काइएको छ । मोतियाबिन्दु लागेका बिरामीका लागि जिल्ला सामुदायिक आँखा केन्द्र नुवाकोटको आयोजनामा दुईदिने निःशुल्क शिविरमा उनीहरुको गुमेको ज्योति फर्काइएको हो । दृष्टि गुमाएकाको तथ्यांक संकलन गरी प्रदान गरेको सेवामार्फत उनीहरुले अब स्पष्टसँग आँखा देख्नसक्ने भएको सामुदायिक आँखा केन्द्र नुवाकोटका

Read More

चापागाउँ आसपास श्वास–प्रश्वासका बिरामी वृद्धि

ललितपुर, जेठ ५ । धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ । अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी समस्याका बिरामी

Read More