Thursday, April 26, 2018
Home > समाचार

स्वर्गीय ठकुरी काँग्रेसको सच्चा सिपाही : सभापति देउवा

काठमाडौँ, बैशाख १२ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस नेता चक्रबहादुर ठकुरी पार्टीको सच्चा सिपाही भएको बताउनुभएको छ । चक्रबहादुर ठकुरी फाउण्डेशनले स्वर्गीय चक्रबहादुर ठकुरीको तेस्रो स्मृति दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले ठकुरीको निधनले काँग्रेसलाई ठूलो घाटा पुगेको बताउनुभयो । “पार्टी संगठन निर्माणमा स्वर्गीय ठकुरीको महत्वपूर्ण योगदान रहेको छ,”–

Read More

नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता पाउँदैन – अध्यक्ष दाहाल

चितवन, बैशाख १२। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई छाडेर भारत र चीनले गर्ने विकासले पूर्णता नपाउने बताउनुभएको छ । नेपाल नेत्रज्योति संघको २५ औं केन्द्रीय सभालाई आज यहाँ सम्बोधन गर्दै उहाँले दुई देशको बीचमा रहेको नेपालको पनि सँगसँगै विकास भए मात्र दुई देशमा विकासले पूर्णता पाउने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो,

Read More

राजमार्ग मर्मत नहुँदा दुर्घटनाको जोखिम बढदै

लहान, बैशाख १२ । पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको मिर्चैयास्थित मुख्य सडकको मर्मत नहुँदा दुर्घटनाकोे जोखिम बढ्दै गएको छ । राजमार्गका विभिन्न स्थानमा भएको खाल्डाखुल्डी नपुरिँदा सवारी साधन सञ्चालन गर्न असहज भइरहेकोले दुर्घटनाको जोखिम बढेको चालकहरु बताउँछन् । दैनिक हजारांै सवारी साधन आवागमन गर्ने राजमार्ग नै भत्केर कुरुप बन्दा पनि सम्बन्धित निकायको यसतर्फ

Read More

ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु

म्याग्दी, बैशाख १२ । जलजला गाउँपालिकाले अवैध र अव्यवस्थित रुपमा सञ्चालित ढुंगाखानीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया शुरु गरेको छ । माझफाँट, लेखफाँट, बाँसखर्कमा अवैध रुपले सञ्चालन भइरहेका एक दर्जनभन्दा बढी ढुंगाखानीलाई कानूनी दायरामा ल्याउन गाउँपालिकाले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गर्न लागेको हो । प्राविधिक र विज्ञको टोलीले गर्ने मूल्याङ्कनको प्रतिवेदनका आधारमा ढुंगा खानीलाई

Read More

आयातित बिरामीबाट औलोको जोखिम कायमै

चितवन, बैशाख १२ । चितवन जिल्ला औलोबाट सुरक्षित बन्दै गएपनि आयातित बिरामीका कारण जोखिम कायमै रहेको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ । विश्व औलो दिवसका अवसरमा ‘हाम्रो सक्रियता, औलो निवारणमा सफलता’ भन्ने मूल नाराका साथ आज चितवनमा भएको पत्रकार अन्तक्र्रियामा बोल्दै कार्यालयका कीट नियन्त्रण निरीक्षक रामकुमार केसीले जोखिम कायमै रहेको भन्दै

Read More

मोटरसाइकल दुर्घटना हुँदा गस्तीमा रहेका प्रहरीको मृत्यु

सञ्चारक दाङ, बैशाख १२ । मोटरसाइकल दुर्घटनामा परि गस्तीमा रहेका एक प्रहरी जवानको गएराति मृत्यु भएको छ । सोही मोटरसाइकल सवार अर्का प्रहरी जवान घाइते भएका छन् । बा २ प ११११ नम्बरको मोटरसाइलमा गस्तीमा रहेका बेला दुर्घटनामा परेर सुवर्णावती गाउँपालिका वडा नं २ खुग्री रोल्पा घर भई वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत

Read More

धरहरा जतिसक्दो चाँडो निर्माण हुन्छ – प्रम ओली

काठमाडौँ, बैशाख १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले धरहरा निर्माणलाई सक्दो चाँडो अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विसं २०७२ को वैशाख १२ गते गएको भूकम्पबाट पीडितको स्मृतिमा काठमाडौँ महानगरपालिकाद्वारा सुन्धारास्थित भत्किएको धरहराको प्रांगणमा आयोजित ‘मै बनाउँछु मेरो धरहरा’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भूकम्पका कारण मृत्यु हुनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नुहुँदै सो

Read More

गोर्खाका भूकम्पपीडित ज्याला मजदूरी गर्दै

मनाङ, बैशाख १२ । २०७२ बैशाख १२ गतेको भूकम्पले घरबारविहीन गोरखा केरौँजाका भूकम्पपीडित अझै मनाङमा ज्याला मजदूरी गरेर गुजारा चलाउँदै आएका छन् । घरबार र आफन्त गुमाएपछि कुम्लोकाम्लो बोकेर मनाङ पसेका गोर्खाली अहिले मजदूरीमा व्यस्त छन् । भूकम्पले गाँस र बास हराएपछि भूकम्पपीडित गाँसबासको खोजीमा मनाङ छिरेका थिए । आफ्ना साना नानी

Read More

थप दाइजो माग्ने केटाका बाबु प्रहरी हिरासतमा

पर्सा, बैशाख १२ । दाइजोका लागि केटी पक्षलाई प्रताडना गरेको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई पक्राउ गरेको छ । पर्साको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको हो । वीरगञ्ज महानगरपालिका–२३ प्रसौनीविर्ता निवासी दयालल साह तेलीकी १८ वर्षीया छोरी रविता कुमारी साह तेलीले दाइजोको कारण वैशाख ६ गते विवाहपूर्व

Read More

छिमेकी जिल्ला समेटेर एकीकृत विकास : अध्यक्ष दाहाल

चितवन, बैशाख १२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले चितवन र छिमेकी जिल्लालाई समेटेर एकीकृत विकासको मोडल तयार गर्न लागिएको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तक्र्रिया कार्यक्रममा बोल्दै उहाँले नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर यहाँको विकास

Read More