Friday, May 25, 2018
Home > breaking

प्रहरी कार्यालयको क्यान्टिनमै महिलाको शव

बर्दिया, जेठ ११ । आज राति करीब १ बजेतिर जाजरकोट घर भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३० वर्षीय प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती ३० वर्षीया कल्पना सिंह श्रेष्ठको शव जिल्ला प्रहरी कार्यालयको क्यान्टिनभित्र झुण्डिएको अवस्थामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार राजुसिंह ठकुरीकी श्रीमती श्रेष्ठको क्यान्टिनमा झुण्डिएको अवस्थामा शव

Read More

जुवाखालबाट एक महिलासहित १४ पक्राउ

म्याग्दी, जेठ ११ । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । पक्राउ पर्नेमा

Read More

कालीगण्डकीमा नुहाउँदा दुई युवा बेपत्ता

पाल्पा, जेठ ११ । कालीगण्डकीमा विहीबार नुहाउने र पौडी खेल्ने क्रममा बगेर दुई युवा बेपत्ता भएका छन् । बेपत्ता हुनेमा बगनासकाली गाउँपालिका ६ यम्घाका २५ वर्षीय गोविन्द्र परियार र २४ वर्षीय चन्द्रबहादुर परियार रहेका छन् । त्यस्तै, उद्धार गरिएकामा सोही स्थानका २२ वर्षीय विजय परियार र १८ वर्षीय सागर परियार रहेको जिल्ला प्रहरी

Read More

सबै विद्यालयमा अंग्रेजीबाट पठन–पाठन गर्ने तयारी

खोटाङ, जेठ ११ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११, खार्मीका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु गर्ने तयारी गरिएको छ । गाउँका अभिभावक बोर्डिङ खोज्दै अन्यत्र जान थालेपछि वडा शिक्षा समितिले वडाका सबै विद्यालयमा कक्षा १ देखि नै अंग्रेजी माध्यमबाट पठनपाठनको अन्तिम तयारी गरेको हो । वडामा रहेका सबै विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन शुरु

Read More

घट्दै प्रसूति सेवा लिने महिला

ललितपुर, जेठ ११ । सेवा र जनशक्ति पर्याप्त नहुँदा गोदावरी–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा प्रसूति सेवा लिन आउने महिलाको संख्या घटिरहेको छ । अस्पतालमा सामान्य प्रसूति सेवादेखि शल्यक्रियासम्म हुँदा मात्रै सेवाग्राही आउने निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठले बताउनुभयो । अस्पतालमा अहिले सामान्यबाहेक अरु सेवा छैन । अस्पतालमा भवन भएपनि जटिल उपचारका लागि उपकरण

Read More

छतबाट खसेर भारतीयको मृत्यु

झापा, जेठ ११ । निर्माणाधीन घरको छतबाट खसेर बिहीबार झापामा एक भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको बंगाल घर भएका ३४ वर्षीय सोनारदिन अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिर्तामोड नगरपालिका–६, बुट्टाबारी निवासी गोपी प्रसाईको घर निर्माणका क्रममा उनी चारतला माथिबाट खसेका थिए । छतबाट खसेर गम्भीर घाइते

Read More

इलाममा पनि प्याराग्लाइडिङ परीक्षण उडान

इलाम, जेठ ११ । पर्यटकीय क्षेत्रमा प्रचुर सम्भावना बोकेको इलाममा प्याराग्लाइडिङको पनि सफल परीक्षण उडान गरिएको छ । सूर्योदय नगरपालिकाको पर्यटकीयस्थल श्रीअन्तुबाट गोदक महेन्द्रबेँसी सिद्धिखोलासम्म बुधबार सफल परीक्षण उडान गरिएको हो । इलाम सोसाइटी युकेकी संस्थापक अध्यक्ष सुमित्रा राईको पहलमा उडानको केही दिनदेखि प्रयास भइरहेको थियो । पाइलट विवेक शम्शेर राणाले प्याराग्लाइडिङ उडाउनु

Read More

हुम्ला शिक्षक संगठनमा नयाँ नेतृत्व

हुम्ला, जेठ ११ । नेपाल शिक्षक संगठनको सातौँ जिल्ला अधिवेशन बिहीबार सम्पन्न भएको छ । अधिवेशनमा भएको निर्वाचनबाट हरिप्रसाद जैसीको अध्यक्षतामा २२ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । संगठनको उपाध्यक्षमा दलबहादुर ऐडी, महिला उपाध्यक्षमा हीरा बोहरा, कोषाध्यक्षमा वीरबहादुर रावल, सह कोषाध्यक्षमा निर्मला सुनार, सचिव भक्त थापा, सहसचिवमा लक्ष्मी कुमारी कँडेल निवाचित भएको

Read More

गोरेको बयान जारी

विराटनगर, जेठ ११ । सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा विहीबार दोस्रो दिन पनि बयान लिइएको छ । जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने अदालतले जनाएको छ । बिहान १० बजेदेखि शुरु भएको बयान साँझ ५

Read More

सरकार सर्वसत्तावादी व्यवस्था कायम गर्न उन्मुख छ– अध्यक्ष थापा

काठमाडौँ, जेठ ११ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले विपक्षी दलप्रति असहिष्णु भई सर्वसत्तावादी व्यवस्था कायम गर्न लागेको आरोप लगाउनुभएको छ । रिपोर्टर्स क्लबले यहाँ आयोजना गरेको अन्तक्र्रियामा उहाँले भन्नुभयो, “संविधानलाई आफू अनुकूल परिवर्तन गरी सर्वसत्तावादी व्यवस्था कायम गर्न सरकार उन्मुख रहेको देखिन्छ ।” अध्यक्ष थापाले जनादेशअनुसार सरकारले अहिले मुलुकमा शान्ति,

Read More