Thursday, January 17, 2019
Home > सामाज (Page 2)

पढाइमा समस्या भोग्दै अपाङ्गता भएका विद्यार्थी

रोल्पा, असोज १७ । अपाङ्गता भएका विद्यार्थीले उपलब्ध सेवा सुविधाबाट आफूहरूको पठनपाठनमा समस्या हुँदै आएको गुनासो गरेका छन् । राज्यले उपलब्ध गराउँदै आएको सेवा सुविधा अपुग हुँदा आफूहरूको अध्ययन प्रभावित भएको उनीहरूको भनाइ छ । शारीरिक तथा मानसिक रूपमा आफूहरु अन्य विद्यार्थीभन्दा फरक रहेकाले राज्यले आफूहरुलाई फरक व्यवहार हुनुपर्ने उनीहरुको माग छ

Read More

अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा

चितवन, असोज १७ । अवैध रुपमा गिट्टी र माटो निकासी गर्दै गरेको अवस्थामा प्रहरीले एउटा एक्साभेटरसहित सात ट्याक्टर नियन्त्रणमा लिएको छ । कयर खोलाबाट मङ्गलबार अवैध रुपमा गिट्टी निकासी गरिरहेको अवस्थामा तीन ट्याक्टर र व्यक्तिको जग्गाबाट बिना अनुमति माटो बोकिरहेको अवस्थामा चार ट्याक्टर नियन्त्रणमा लिइएको हो । इलाका प्रहरी कार्यालय खैरहनीले दिएको

Read More

सामूहिक बलात्कार गर्ने पाँचजना बलात्कारीलाई दश बर्ष जेल

गाईघाट, असोज १७ । उदयपुरको कटारी नगरपालिका–४ का एक १४ वर्षीय बालिकालाई सामूहिक बलात्कार गर्ने पाँच जनालाई जिल्ला अदालतले मङ्गलबार दश वर्ष ६ महिना जेल सजायको फैसला गरेको छ । जिल्ला न्यायाधीश तेजेन्द्रप्रसाद शर्माको एकल इजालासले बालिका बलात्कार गर्ने पाँचै जनालाई जेल सजायसँगै रु दुई लाख क्षतिपूर्ति भराउने फैसला गरेको हो ।

Read More

नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित विद्यार्थीलाई लगाइएको निलम्बनको निर्णय फिर्ता

बेनी, असोज १७ । रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीलाई लगाइएको निलम्बनको निर्णय फिर्ता भएको छ । नियमित रूपमा पठनपाठनको मागसहित आन्दोलित कक्षा १० का २२ विद्यार्थीलाई विद्यालयले एक महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । विद्यालयले अधिकार क्षेत्रबाहिर गएर लगाएको निलम्बनको निर्णय फिर्ता गरेसँगै बुधबारदेखि

Read More

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बालिकाको मृत्यु

कञ्चनपुर, असोज १७ । माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्षीया जानकी बिष्टको मृत्यु भएको छ । चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु

Read More

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग गर्नेविरुद्ध मुद्दा दायर

काठमाडौँ, असोज १७ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार उहाँविरुद्ध आव २०७३÷७४ मा सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिक, असहाय, विधवा, अशक्त, अपाङ्ग तथा बालपोषणको रकम

Read More

स्थानीयवासीद्धारा औरही नगरपालिकामा तालाबन्दी

महोत्तरी, असोज १६ । महोत्तरी औरही नगरपालिकाको कार्यालयमा मंगलबार स्थानीयवासीले तालाबन्दी गरेका छन् । आर्थिक वर्ष २०७५/०७६ का लागि पारित गरेको बजेटको सम्बन्धमा असन्तुष्टि जनाउँदै स्थानीयवासी दरेश यादवको नेतृत्वमा गएको एक समूहले कार्यालयको मूलढोकामा तालाबन्दी गरेको हो । यसअघि १५ बुँदे मागसहितको ज्ञापनपत्र नगरपालिकाको कार्यालयमा बुझाइए पनि यस विषयमा कुनै छलफल वा समस्या

Read More

मोदीका सबै वडामा ज्येष्ठ नागरिक विश्रामस्थल

पर्वत, असोज १६ । ज्येष्ठ नागरिकलाई दिउँसो पुनर्मिलन गराउनका लागि यहाँको एक गाउँपालिकाले ज्येष्ठ नागरिक विश्रामस्थल निर्माण अभियान थालेको छ । मोदी गाउँपालिकाका सबै वडामा ज्येष्ठ नगारिक विश्रामस्थल बनाइने भएको हो । ज्येष्ठ नागरिकलाई सम्मान गर्दै उनीहरुको दैनिकीलाई सहज बनाउने उद्देश्यले गाउँपालिकाका सबै वडामा एक एक विश्रामस्थल बनाउन लागिएको जनाएको छ ।

Read More

बेपत्ता भएको चार दिनपछि मृतावस्थामा फेला

इनरुवा, असोज १६ । विगत चार दिनदेखि घरबाट बेपत्ता भएका सुनसरी इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव मंगलबार बिहान फेला परेको छ । सुनसरी खनारस्थित बूढी खोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । शुक्रबारदेखि बेपत्ता भएका इन्ताजको परिवारले

Read More

नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिको हडतालले पठनपाठन प्रभावित

काठमाडौँ, असोज १६ । नेपाल विद्यालय कर्मचारी युनियन र नेपाल अस्थायी शिक्षक सङ्घर्ष केन्द्रीय समितिले आफ्ना माग पूरा गराउन आन्दोलनमा उत्रिएका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित हुँदै आएको छ । कर्मचारी युनियनले असोज ५ गतेदेखि काठमाडौँमा रिले अनशन गरिरहेको छ भने नेपाल अस्थायी शिक्षक सङ्घर्ष समितिले हिजो सोमबार र मंगलबार दुई दिन

Read More