Thursday, April 26, 2018
Home > कृषि/वन/वातावरण

आलु परीक्षणको लागि पठाउने तयारी

बनेपा, बैशाख ११ । आलु खन्ने समय शुरु हुन थालेपछि काभ्रेपलाञ्चोकको विभिन्न क्षेत्रका किसानले आलु संकलन गरी परीक्षणको लागि पठाउने तयारी गरेका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन (आलु)को बनेपास्थित कार्यालयले जिल्लामा बढी मात्रमा आलु फल्ने क्षेत्र पहिचान गरी त्यसमा के कतिको विषादी प्रयोग गरिएको छ भन्नेबारे किसान, उपभोक्ता एवं सरोकारवालालाई

Read More

कृषि उपज बिक्री नगरपालिकाले गर्ने

पर्वत, बैशाख ११ । किसानले उत्पादन गरेका सबै कृषिजन्य बस्तु बिक्री गर्ने जिम्मा फलेवास नगरपालिकाले लिने भएको छ । किसानलाई उत्साहीत बनाउँदै कृषिमा व्यावसायिक बनाउने उद्देश्यले बिक्री नभएको सबै कृषिजन्य वस्तुको जिम्मा नगरपालिकाले लिने नगर प्रमुख पदमपाणि शर्माले बताउनुभयो । “किसानले बिक्री गर्न नसकेका अन्नबाली, तरकारी, दूध र अण्डा नगरपालिकाले किन्छ,” उहाँले भन्नुभयो,

Read More

हात्तीको आक्रमणबाट मृत्यु

राजविराज, बैशाख ११ । सप्तरीको कञ्चनरुप नगरपालिका–११ स्थित ठेलियामा हात्तीको आक्रमणबाट आज बिहान एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको जंगली हात्तीको आक्रमणबाट स्थानीयवासी ४५ वर्षीया दुर्गीदेवी यादवको मृत्यु भएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । सो आरक्ष क्षेत्रबाट आएको हात्तीले आफ्नै घरमा सुतिरहेका अवस्थामा यादवमाथि

Read More

यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढायो

ललितपुर, बैशाख १० । यार्सागुम्बाले कर्णाली प्रदेशमा आर्थिक क्रियाकलाप बढाएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यार्सागुम्बा पाइने ठाउँमा गरिरहेको अध्ययनका क्रममा कर्णाली प्रदेशमा आर्थिक गतिविधि बढेको पाइएको हो । उक्त क्षेत्रमा बैंकिङ कारोवार बढेको वैज्ञानिक रामचन्द्र पौडेलले बताउनुभयो । यार्सागुम्बा संकलन गर्ने क्रम बढ्दा केही समाजिक समस्या देखिए पनि आर्थिक उपार्जनका

Read More

चितुवाको आक्रमणबाट गम्भीर घाइते

सञ्चारक बैतडी, बैशाख ७ । चितुवाले गएराति १ बजे घरभित्रै सुतिरहेको अवस्थामा एक वृद्धालाई आक्रमण गरेको छ । बैतडीको तल्लोस्वराडमा चितुवाको आक्रमणबाट उनी गम्भीर घाइते भएकी छिन् । मेलौली नगरपालिका–८, कोटीगाउँकी ६७ वर्षीय डीगरीदेवी बिष्टलाई चितुवाले आक्रमण गरेको थियो । गएराति १ बजे घरभित्रै सुतिरहेको अवस्थामा बिष्टलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ

Read More

मल उद्योग स्थापना

म्याग्दी, बैशाख ५ । रासायनिक मल र विषादीको न्यूनीकरणका लागि मंगला गाउँपालिकामा प्राङगारिक मल उद्योग स्थापना गरिएको छ । अस्टे«लियमा प्रयोग हुने ‘सास्गा’ प्रविधिद्वारा गाउँघरमै खेरगएको कृषिजन्य वस्तुबाट मल कारखानाको स्थापना गरिएको हो । खेतीयोग्य जमिनको प्रयोग गदै गाउँपालिकाभित्र अर्गानिक खेतीमा किसानलाई आकर्षित गराउन गाउँपालिकाले पहिलो चरणमा ४० कृषकलाई तालीम प्रदान गरेको

Read More

बाघ संरक्षणका लागि दौड

चितवन, बैशाख ५ । चितवनको रत्ननगरस्थित सौराहामा बाघ संरक्षणमा सचेतना फैलाउन आज दौड प्रतियोगिता आयोजना गरिएको छ । सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारी लक्ष्य पूरा गर्ने उद्देश्यले चेतना फैलाउन २३औँ वन्यजन्तु सप्ताहको अवसरमा आज सौराहामा दौड प्रतियोगिता गरिएको हो । दौड प्रतियोगिताको उद्घाटनका क्रममा पूर्व अर्थमन्त्री तथा नेकपा ९एमाले०का नेता

Read More

गएरातिको आँधीहुरीमा दुईको मृत्यु

गौशाला, बैशाख ५ । गएराति महोत्तरी जिल्लामा आएको भीषण आँधीहुरीमा परी दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुँवेर कडायतका अनुसार गएराति ७ः३० बजेतिर आएको भीषण आँधीहुरीमा परेर जलेश्वर नगरपालिका–७ का जयराम सिंहकी पत्नी ३० वर्षीया सकुन्तलादेवी सिंहको मृत्यु भएको हो । उनको आफ्नै आँगनमा रहेको कम्पाउण्डको पर्खाल ढल्दा

Read More

वन्यजन्तुको आनीबानी थाहा पाउँदा राम्रो

चितवन, बैशाख ५ । चितवन निकुञ्ज आसपासमा वन्यजन्तुको आनीबानी थाहा नहुँदा कतिपय अवस्थामा मानिस आक्रमणमा पर्ने गरेका छन् । हात्ती, बाघ, गैँडा, चितुवा, भालुलगायत वन्यजन्तुको आनीबानी थाहा पाए दुर्घटना हुनबाट जोगिन सकिन्छ । यसप्रति सचेत हुनुपर्नेमा संरक्षणकर्मीको जोड छ । बाघ लजालु प्रजाति हो । मानिसलाई आक्रमण गरिहाल्दैन । एक्कासि जम्काभेट हुँदा, घाइते

Read More

घडियाल संरक्षणकालागि काब्य उत्सव

नवलपरासी, बैशाख ५ । सन् १९७० देखि नै दुर्लभ मानिएको अति संकटापन्न जीव घडियाल गोहीको संरक्षणका लागि नेपालमै पहिलोपटक पूर्वी नवलपरासीको रजहरमा घडियाल काब्य उत्सव गर्न लागिएको छ । प्रकृतिसँग साहित्य घडियाल काब्य उत्सव आगामी वैशाख ७ र ८ गते गर्ने तयारी अन्तिम चरणमा पुगेको आयोजक ह्याप्पी एफएम, नवलपरासीले जनाएको छ । अति

Read More