Tuesday, December 11, 2018
Home > Sancharak .com (Page 384)

समानुपातिकतर्फ ४० हजार ९४७ मत प्राप्त गरी काँग्रेस पहिलो

उदयपुर, मंसिर २९ । उदयपुरमा प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत नेपाली काँग्रेसले सबैभन्दा बढी मत प्राप्त गरेको छ । काँग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो भएको हो । नेकपा एमालेले ३६ हजार ८१२ र नेकपा (माओवादी केन्द्र)ले १८ हजार ४७७ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ

Read More

गत वर्ष भन्दा यो वर्ष धान उत्पादनमा कमी

चितवन, मंसिर २९ । यसवर्ष जिल्लामा बाढीले धानखेत बगाउँदा र रोग लाग्दा धान उत्पादनमा कमी आएको छ । ४.६ प्रतिशतले धान उत्पादनमा कमी आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। गत वर्ष एक लाख दुई हजार २०० मेट्रिक टन धान उत्पादन भएकोमा यो वर्ष ९७ हजार ५०० मेट्रिक टन धान उत्पादन भएको

Read More

एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते

मोरङ, मंसिर २९ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ मालतीपुल नजिकै एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते भएका छन्। गएराति १ बजे मे १ च १२९५ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको हो। घाइते हुनेहरुमा एम्बुलेन्स चालक इलाम नगरपालिका ६ का सुनिल राई, एम्बुलेन्समा सवार शिशिर लिम्बु, प्रमिला कार्की, रमिला लिम्बु र

Read More

सवारी दुर्घटनामा एकको मृत्यु

झापा, मंसिर २९ । झापाको शिवसताक्षी– १० भालुखोलामा पूर्व–पश्चिम राजमार्गअन्तर्गत  शुक्रबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा शिवसताक्षी–९ का २२ वर्षीय सनम कन्दङ्वा रहेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा१० च ९७१८ नं को मारुती

Read More

आगलागी हुँदा दुई लाख भन्दा बढीको क्षति

  सञ्चारक सुनसरी, मंसिर २९ । सुनसरीको हरिनगरा गाउँपालिका–१ रामनगर भुटहामा बिहीबार साँझ आगलागी हुँदा रु दुई लाख ५० हजार बराबरको क्षति भएको छ । स्थानीय जियाहुद्दिन मियाँ र सरद अन्सारीको घरमा आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । जियाहुद्दिनको घरबाट खाना पकाउने क्रममा सल्केको आगो उनको एकतले घर र नजिकै रहेको

Read More

प्रचण्डलाई प्रधानमन्त्री बन्नुपर्छ : कांग्रेस नेता यादव

पार्टी एकता र सरकार निर्माण सँगसँगै लैजान्छौं : माओवादी नेता शर्मा आवश्यकता भए सरकारमा जानेबारे सोच्न सक्छौं : फोरम नेता श्रेष्ठ सञ्चारक काठमाडौं, मंसिर २८ । खानेपानी तथा सरसफाइमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य महेन्द्र यादवले मुलुकलाई निकास दिन र संविधान कार्यान्वयनको अग्रगमनलाई सही ढंगले डोर्याउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

Read More

सञ्चारकका कार्यकारी सम्पादकमा साउद

  सञ्चारक काठमाडौं, मंसिर २८ । सञ्चारक मिडिया एन्ड कन्सल्टेन्सी प्रालिद्वारा स्थापित सञ्चारक डटकमका कार्यकारी सम्पादकमा पार्वती साउदलाई नियुक्त गरिएको छ । मंसिर मसान्तबाट कार्यभार सम्हाल्ने गरी पत्रकार साउदलाई सो जिम्मेवारी दिइएको हो । गत आधा दशकभन्दा बढी समयबाट रेडियो, छापा र अनलाइन पत्रकारितामा संलग्न रहँदै आएकी साउद धनगढी उपमहानगरपालिका निवासी हुन् । उनी

Read More