Tuesday, January 23, 2018
Home > Sancharak Nepal

निर्वाचन खर्चको विवरण पेश गर्न आयोगको निर्देशन

काठमाडौँ, १६ पुस निर्वाचन आयोगले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दललाई निर्वाचन खर्च पेश गर्न निर्देशन दिइएको छ । आयोगले गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन तथा समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवार तथा राजनीतिक दलहरूलाई

Read More

धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्ने

काठमाडौँ, १६ पुस नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाशुपत क्षेत्र तथा त्यस वरपर क्षेत्रका धार्मिकस्थललाई सम्पदा मार्गका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित थापाले आज त्यस क्षेत्रको घरदैलो कार्यक्रमपछि आयोजना गरिएको कोणसभामा जयबागेश्वरीदेखि कुटुबहालसम्मका जीर्ण धार्मिकस्थलको संरक्षणका लागि पहिलो प्राथमिकतामा राखिने प्रतिबद्धता व्यक्त

Read More

संघीयतामा पनि कर्णाली उपेक्षित भएको छ : राज्यमन्त्री कुँवर

जुम्ला, १६ पुस विनाविभागीय राज्यमन्त्री गोमा कुँवरले मुलुक संघीयतामा गइसक्दा पनि कर्णाली उपेक्षित हुनबाट मुक्त नभएको बताउनुभएको छ । प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनमासमेत कर्णालीलाई उपेक्षा गरिएको राज्यमन्त्री कुँवरले आरोप लगाउनुभयो । “यसको प्रमुख कमजोरी क्षेत्रीय नेतृत्वको हो, हिजो कर्णाली सिंहदरबारबाट उत्पीडन प¥यो, आज भेरीबाट पर्दैछ”, रासससँग उहाँले भन्नुभयो । उहाँले क्षेत्रीय

Read More

स्वास्थ्य बीमामा सत्र सय परिवार आबद्ध

म्याग्दी, पुस १६ । आर्थिकरुपमा विपन्न र गरिब समुदायका नागरिकको गुणस्तरीय स्वास्थ्य उपचार सेवामा पहुँच बढाउने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा म्याग्दीका करिब एक हजार सात सय परिवार आबद्ध भएका छन् । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले विसं २०७३ पुस १३ गतेदेखि म्याग्दीमा स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो । एक वर्षको

Read More

ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्दै

मोरङ, पुस १६ । पूर्वी मोरङमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको छ । संघीयता कार्यान्वयन हुने अन्तिम चरणमा पुगेको बेला पूर्वी मोरङको उर्लाबारीमा ठूलो लगानीमा होटल तथा रिसोर्ट खुल्नेक्रम बढेको हो । प्रान्तीयस्तरका कार्यक्रम, सभा, गोष्ठी स्थानीय ठाउँमा नै हुने पक्कापक्की भएपछि होटल तथा रिसोर्टमा लगानी बढेको व्यवसायीको भनाइ छ

Read More

नौ बिगाहामा लगाइएको गाँजाखेती नष्ट

चितवन, पुस १६ । चितवनको विकट गाउँ लोथरस्थित ठूलो क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाखेती प्रहरीले नष्ट गरेको छ । चितवनको राप्ती नगरपालिकाको पहाडी इलाका लोथरस्थित बाखराङ, यौरालीटार, कालिकाटार, धनवाङलगायत क्षेत्रमा झण्डै नौ बिगाहा क्षेत्रफलमा लगाइएको गाँजाखेती नष्ट गरिएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्यले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय

Read More

निर्वाचनमा खटिने उत्कृष्ट कर्मचारी सम्मानित

उदयपुर, पुस १६ । गत मंसिर २१ गते सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा खटिने उदयपुर जिल्लाका तीन उत्कृष्ट कर्मचारीलाई शनिबार सम्मान गरिएको छ । निर्वाचनको समयमा उत्कृष्ट कार्य गरेर सम्मानित हुनेमा उदयपुरको बेलका नगरपालिकास्थित कमलबारी मावि मतदान केन्द्रका मतदान अधिकृत दुर्गानन्द गुप्ता, बालमन्दिर मावि गाईघाट बोक्से केन्द्रमा खटिने मतदान अधिकृत निर्मला

Read More

प्राकृतिक स्रोतको विवाद अन्त्य गर्दै द्वन्द्व रुपान्तरण केन्द्र

भद्रपुर, पुस १६ । झापा गाउँपालिकास्थित सामुदायिक रानीवनमा जंगल क्षेत्रलाई अतिक्रमण गरी वन विनाश हुने प्रवृृत्ति देखिएपछि एक संस्थाले त्यहाँका समस्या समाधान गर्न थालेको छ । जल, जमिन र जंगलमा देखिने विवादलाई समाधान गर्न स्थापना भएको प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र, नेपाल झापाले आफ्नो कामलाई तीव्रता दिँदै आएको छ । खासगरी सरकारी जग्गा

Read More

यी हुन् कांग्रेसका समानुपातिक सांसद

काठमाडौँ, पुस १६। नेपाली कांग्रेसले प्रदेशसभाको समानुपातिकतर्फका सदस्यको नामावली टुंगो लगाई निर्वाचन आयोगमा बुझाएको छ । काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त नामावली टुंगो लगाई शुक्रबार आयोगमा बुझाएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा काँग्रेसले सातै

Read More

तुप्चेमा १९ मेगावाटको विद्युत् आयोजना निर्माण हुने

त्रिशूली, पुस १६ । विदुर नगरपालिका वडा नं ७ तुप्चेमा निर्माण हुने मध्य त्रिशूली गंगा जलविद्युत् आयोजनाले वातावरणीय प्रभाव मल्यांकनसम्बन्धी सार्वजनिक सुनुवाइ गरेको छ । १९.४१ मेगावाट क्षमताको उक्त आयोजना पर्फेक्ट इनर्जी डेभलपमेन्ट प्रालिले निर्माण गर्न लागेको हो । तुप्चेस्थित त्रिशूली नदी किनारमा आयोजित सार्वजनिक सुनुवाइमा प्रतिनिधिसभा सदस्य नारायणप्रसाद खतिवडाले राष्ट्रियरुपमा महत्व

Read More