Saturday, June 23, 2018
Home > मनिता चौलागाई

समयमा उपचार नहुँदा अपाङ्ग बन्दै कुष्ठरोगी

ललितपुर, चैत २१। कीटाणु फैलिएपछि मात्रै उपचारका लागि आउँदा कुष्ठरोग प्रभावित बिरामी अपाङ्ग बन्दै गइरहेका छन् । रोगप्रतिको सामाजिक दुष्टिकोण बदलिन नसक्दा बिरामीले रोगको लक्षण देखिनासाथ उपचारका लागि अस्पताल जाने नगरेको आनन्दवन अस्पतालका तालीम संयोजक गोपाल पोखरेलले बताउनुभयो । समयमै उपचार गर्दा रोग निको हुन्छ, उहाँ भन्नुहुन्छ, “शुरुमा उपचार गर्दा रोगको कीटाणु फैलन

Read More

पढाउने नाममा काठमाडौँ ल्याइएका पचपन्न बालबालिका घरेलु बालश्रमिक 

काठमाडौँ, चैत २१ । दुर्गम जिल्ला बाजुराबाट ५५ जना अबोध बालबालिकालाई पढाउने आश्वासन दिएर काठमाडौँलगायत अन्य शहरमा ल्याई घरेलु बालश्रमिकका रुपमा प्रयोग गरिएको पाइएको छ । गत मंसिरदेखि फागुनसम्म (चार महिना)को अवधिमा केन्द्रीय बालकल्याण समितिले बालबालिकासम्बन्धी विभिन्न घटना समेटेर तयार पारिएको विश्लेषण प्रतिवेदनमा कानून विपरीत ती बालबालिकालाई घरेलु बालश्रमिकका रुपमा प्रयोग भएको

Read More

प्रहरीमाथि खुकुरी प्रहार

झापा, चैत २१ । झापाको भद्रपुरमा मादक पदार्थ सेवन गरेर एक युवाले रात्रि गस्तीमा खटिएका प्रहरी टोलीमाथि खुकुरी प्रहार गरेका छन् । भद्रपुर–४ महेशपुरका ३३ वर्षीय सुभाष राईले मादक पदार्थ सेवन गरेर मंगलबार राति प्रहरीमाथि खुकुरी प्रहार गरेका हुन् । खुकुरी प्रहारबाट दुईजना प्रहरी गम्भीर घाइते भएका छन् । राईलाई वडा प्रहरी कार्यालय

Read More

मयुर यातायातको विरुद्धमा अन्य बस व्यवसायीद्वारा यातायात बन्द

धुलिखेल, चैत २१ । कोटेश्वर पूर्वमा चल्ने विभिन्न यातायात सेवा समितिले मयुर यातायातको विरोधमा बस सेवा बन्दा गरेका कारण आज काभ्रेपलाञ्चोक जिल्लाका सर्वसाधारणलाई प्रभाव पारेको छ । काभ्रे बस सेवा समिति र काभ्रे मिनिबस सेवा समितिलगायत १३ वटा यातायात समिति मिलेर कोटेश्वर पूर्वमा कुनै पनि यातायात नचलाउने निर्णय गरेको जनाएको छ । काभ्रे

Read More

पूर्वसांसद भेटवालको निधन

चितवन, चैत २१। नेकपा एमालेका केन्द्रीय लेखा आयोगका सदस्य तथा पूर्व सांसद जागृतप्रसाद भेटवालको आज निधन भएको छ । क्यान्सर रोगबाट पीडित भेटवालको काठमाडौँको वीरअस्पतालमा उपचारका क्रममा केही बेरअघि निधन भएको नेकपा (एमाले) चितवनका पूर्व अध्यक्ष जगन्नाथ थपलियाले जानकारी दिनुभयो । उहाँ पिशावथैली नजिकैको प्रोष्टेट ग्रन्थीकोे क्यान्सर रोगबाट पीडित हुनुहुन्थ्यो । पछिल्लो समयमा

Read More

पार्टी एकताको पहल

काठमाडौँ, चैत २१। नेकपा (माले) र नेकपाबीच पार्टी एकताको पहल शुरु भएको छ । नेकपा मालेको केन्द्रीय कार्यालय, रातोपुलमा नेकपा (माले) र नेकपा पार्टीको एकता वार्ता समितिको बैठक हिजोदेखि बसेको सो पार्टीका केन्द्रीय सचिव महेन्द्र शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ । बैठकमा सिद्धान्तनिष्ठ पार्टी एकता, जनता र राष्ट्रका जल्दाबल्दा समस्यालाई लिएर गरिने संयुक्त

Read More

चट्याङ लागेर एकको मृत्यु

धादिङ, चैत २१। बेनिघाट रोराङ गाउँपालिका–२ घैराङमा चट्याङ लागेर आज बिहान एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा घैराङका ४० वर्षीय श्यामबहादुर विक रहेका छन् । घरमा सुतिरहेका वेला मंगलबार राती चट्याङ पर्दा गम्भीर घाइते भएपछि उपचारका क्रममा गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब

Read More

प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउनुपर्छः मुख्यमन्त्री राउत

धनुषा, चैत २१। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश नं २ लाई प्राविधिक शिक्षाको हव बनाउने दिशामा आफूहरु उन्मुख रहेको बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयले आज जनकपुरमा आयोजना गरेको संघीयतामा शैक्षिक कार्यदिशा, संगठन तथा जिम्मेवारी विषयक अन्तक्र्रिया कार्यक्रममा उहाँले भन्नुभयो – “पारम्पारिक शिक्षाले प्रदेशको मुहार फेर्न नसकिने भएकाले अबका दिनमा प्राविधिक शिक्षामा जोड

Read More

सुर्खेत–काठमाडौं उडान सेवाको परीक्षण सम्पन्न

सुर्खेत, चैत २१ । कर्णाली प्रदेशको राजधानी सुर्खेत–काठमाडौँ हवाई उडान सेवाको परीक्षण सम्पन्न भएको छ । बुद्ध एयरको ४७ सिट क्षमताको ८० आर ४२ को जहाजले सुर्खेत–काठमाडौँ सिधा हवाई उडान सेवाको परीक्षण सम्पन्न गरेको नागरिक उड्डयन कार्यालय सुर्खेतका कार्यालय प्रमुख विनोदकुमार पन्तले जानकारी दिनुभयो । “जहाजले परीक्षण पूरा गरेको छ, त्यसको प्रतिवेदन आउन

Read More

धनगढी प्रिमियर लिग : विराटनगर किंग्सद्वारा रुपन्देही पराजित

धनगढी, चैत २१ । रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८१ रन बनायो । एक सय

Read More