Thursday, June 20, 2019
Home > breaking > माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बालिकाको मृत्यु

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर बालिकाको मृत्यु

कञ्चनपुर, असोज १७ ।
माटोको ढिस्कोले पुरिएर मङ्गलबार शुक्लाफाँटा नगरपालिका–१ बन्साहाका नौ वर्षीया जानकी बिष्टको मृत्यु भएको छ ।

चाडपर्वका लागि घर लिपपोत गर्न माटो लिन गएकी बिष्टको माटो खन्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको हो । ढिस्कोले पुरिएकी उनको तत्कालै स्थानीय बासिन्दाले उद्धार गरी उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । रासस

%d bloggers like this: