Tuesday, March 19, 2019
Home > breaking > बेपत्ता भएको चार दिनपछि मृतावस्थामा फेला

बेपत्ता भएको चार दिनपछि मृतावस्थामा फेला

इनरुवा, असोज १६ ।
विगत चार दिनदेखि घरबाट बेपत्ता भएका सुनसरी इटहरी उपमहानगरपालिका–११ का १६ वर्षीय इन्ताज खानको शव मंगलबार बिहान फेला परेको छ ।

सुनसरी खनारस्थित बूढी खोला किनारको धान खेतमा शरीरको आधा भाग डढेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शुक्रबारदेखि बेपत्ता भएका इन्ताजको परिवारले शनिबार साँझ प्रहरीलाई जानकारी गराएपछि उहाँको खोज तलास शुरु गरिएको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको सुनसरीका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद फुयालले जानकारी दिनुभयो । रासस

%d bloggers like this: