Thursday, June 20, 2019
Home > breaking > नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध

नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध

विराटनगर, असोज १५ ।
विराटनगर महानगरपालिकामा यही असोज १२ गतेदेखि केही क्षेत्रमा टेलिफोन अवरुद्ध भएको छ ।
शनिमन्दिरदेखि केशल्या जान निर्माण भइरहेको छ लेनको बाटामा नाला बनाउने क्रममा भूमिगत अप्टिकल फाइवर लाइन ध्वस्त भएपछि टेलिफोन अवरुद्ध भएको नेपाल टेलिकम कार्यालय विराटनगरमा प्राविधिक अधिकृत बच्चुराज खतिवडाले जानकारी दिनुभयो ।
नाला बनाउने क्रममा ३०० लाइन र ९०० लाइनका दुई संरचना ध्वस्त भएकाले सो क्षेत्रमा वितरित ७०० टेलिफोन अवरुद्ध भएको प्राविधिक खतिवडाले बताइएको छ । टेलिफोन अवरुद्ध भएपछि सञ्चार क्षेत्रमा कार्यरत रासस प्रदेश नं १ कार्यालय विराटनगरलाई निकै समस्या भएको छ । प्राविधिक खतिवडाले ध्वस्त संरचना तयार गर्न लगभग दुई महिना लाग्ने जानकारी दिनुभयो । रासस

%d bloggers like this: