अवैधरूमा काटिएका सालका काठ बरामद्
लहान, असोज १२ । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टियाबाट अवैधरूमा काटिएका सालका काठ बरामद् गरिएको छ । लहानस्थित डिभिजन वन कार्यालयका सहायक वन अधिकृत अमरेन्द्रकुमार यादवको नेतृत्वमा खटिएको गस्ती टोलीले गएराति बल्टीयास्थित चुरे क्षेत्रको राष्ट्रिय वनबाट अवैधरुपमा चिरान गरी ल्याइएका तीन दशमलव ८१ क्यूफिट काठ बरामद् गरेको वन अधिकृत सुनिलकुमार सिंहले जानकारी दिनुभयो
Read More