Wednesday, December 12, 2018
Home > breaking > जंगली जनावर चित्तल शिकार गरेको आरोपमा २ जना पक्राउ

जंगली जनावर चित्तल शिकार गरेको आरोपमा २ जना पक्राउ

सञ्चारक

कपिलवस्तु, असोज ५ ।
संरक्षणको सूचीमा रहेको जंगली जनावर चित्तल शिकार गरेको आरोपमा जिल्ला वन कार्यालय कपिलवस्तुले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बुद्धभूमि नगरपालिका गोरुसिंगेका २७ वर्षीय केशबहादुर थापा र ३६ वर्षीय शिव श्रेष्ठ रहेका छन् । पक्राउ परेका थापा र श्रेष्ठलाई जिल्लाको तिलौराकोट साझेदारी वन क्षेत्रमा चित्तलको शिकार गरेको आरोप लागेको छ ।

उनीहरुलाई राष्ट्रिय निकुन्ज वन्यजन्तु संरक्षण ऐन अनुसार थप अनुसन्धान गरी कारवाही प्रक्रिया अघि बढाइएको सहायक वन अधिकृत रामचन्द्र श्रेष्ठले बताए ।

शिकार गरेपछि बोरामा चित्तलको मासु प्याकिङ गरेर लैजादै गर्दा तिलौराकोट साझेदारी वनका कर्मचारीहरुले उनीहरुलाई मृत चित्तलसहित पक्राउ गरेको वन कार्यालयले जनाएको छ ।

%d bloggers like this: