Thursday, January 17, 2019
Home > breaking > बलिदानीले सङ्घीय गणतन्त्र स्थापना : उपप्रधानमन्त्री यादव

बलिदानीले सङ्घीय गणतन्त्र स्थापना : उपप्रधानमन्त्री यादव

राजविराज, असोज ३ ।
उपप्रधान एवं स्वास्थ्यमन्त्री तथा सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले हजारौँ जनताको बलिदानीले सङ्घीय गणतन्त्र नेपालमा परिर्वतन आएको बताउनुभएको छ ।

सप्तरीको राजविराजमा फोरम नेपालले मंगलबार आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रममा उपप्रधानमन्त्री यादवले सङ्घीय गणतन्त्रले नेपालमा परिवर्तन आएको बताउँदै गणतन्त्र मेटाउने प्रयास भइरहेको आरोप लगाउनुभयो ।

गणतन्त्र ल्याउनका लागि मधेश आन्दोलनदेखि विभिन्न आन्दोलन भएपछि मात्र देशमा सङ्घीय गणतन्त्र आएको उहाँले बताउनुभयो । साथै उहाँले नागरिकता ऐन पारित भइसकेको बताउँदै नागरिकताको समस्यासमेत हट्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले तराई मधेश आर्थिकरुपले पछाडि परेकोले यसको विकास हुनुपर्नेमा जोड दिनुभयो ।

फोरम नेपालका जिल्ला अध्यक्ष दिनेशकुमार यादवको अध्यक्षतामा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करीब एक हजार कार्यकर्ता फोरम नेपालमा प्रवेश गरेको स्थानीय फोरम नेपालका नेता शुभाष यादवले जानकारी दिनुभयो । रासस

%d bloggers like this: