Friday, October 19, 2018
Home > breaking > चालिस हजार निमका बिरुवा वितरण

चालिस हजार निमका बिरुवा वितरण

भद्रपुर, असोज २ ।
बिर्तामोड नगरलाई प्राङ्गारिक नगर बनाउने अभियानअन्तर्गत नगर क्षेत्रका किसानलाई निमका बिरुवा वितरण गरिएको छ ।

गरामनीस्थित एक कृषि नर्सरीमा मंगलबार आयोजित कार्यक्रममा किसानलाई ४० हजार निमका बिरुवा वितरण गरिएको हो । नगर प्रमुख ध्रुवकुमार शिवाकोटी, उपप्रमुख पवित्रा महतारा प्रसाई, प्रमुख कार्यकारी अधिकृत पशुपति खतिवडा, कृषि अधिकृत राजेन्द्र खरेलले निःशुल्क बिरुवा वितरण गर्नुभएको थियो ।

यसअघि किसानलाई १० हजार फलफूलका बिरुवा वितरण गरिसकेको नगरपालिकाले चार वर्षभित्रमा चार लाख बिरुवा बाँड्ने योजना बनाइएको नगरप्रमुख शिवाकोटीले बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: