Thursday, January 17, 2019
Home > breaking > स्वास्थ्यकेन्दमा एक्स–रे सेवा शुरु

स्वास्थ्यकेन्दमा एक्स–रे सेवा शुरु

पर्वत, असोज १ ।
यहाँको एक विकट गाउँको स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा शुरु भएको छ ।

जिल्लाको कुस्मा नगरपालिका–१२ ठूलीपोखरीस्थित ठूलीपोखरी प्राथमिक स्वास्थ्य केन्द्रमा आइतबारदेखि एक्सरे सेवा शुरु गरिएको हो । एक्सरे सेवाको कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले शुभारम्भ गर्नुभयो ।

प्राथमिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक्सरे मेशिन उपलब्ध गराएको हो भने कुस्मा नगरपालिका–१२ ठूलीपोखरी वडा कार्यालय र कुस्मा नगरपालिकाले विनियोजन गरेको रु पाँच लाखको लागतमा एक्सरे कोठा, सामग्रीसमेतको व्यवस्था गरिएको छ । एक्सरे सुविधा थपिएपछि सामान्य चोटपटक लाग्दा र सामान्य परीक्षणका लागि पनि पर्वत जिल्ला अस्पताल र पोखरा पुग्नुपर्ने अवस्थाको अन्त्य भएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा विवेक भण्डारीले बताउनुभयो ।

कार्यक्रममा नगरप्रमुख जोशीले कुश्मा नगरपालिकाभित्र रहेका सवै स्वास्थ्य संस्थालाई प्रभावकारी उपचार सेवा प्रदान गर्नका लागि नगरपालिकाले विशेष कार्ययोजना अघि सार्ने बताउनुभयो । रासस

%d bloggers like this: