Wednesday, September 26, 2018
Home > breaking > रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिक पक्राउ

रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिक पक्राउ


काठमाडौँ, भदौ ३१ ।
महानगरीय अपराध महाशाखाले रु ५० लाख नेपाली रकमसहित दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

महाशाखाको टोलीले अवैधरुपमा रकम बोकेर हिँडिरहेको अवस्थामा गेसनगेनामु र जिया टालाई शुक्रबार ज्याठा ठमेलबाट पक्राउ गरेको हो ।

महाशाखाका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले स्रोत नखुलेको रकम अवैधरुपमा बोकेर हिँडिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिनुभयो ।

बरामद रकमसहित दुबैजनालाई राजश्व अनुसन्धान विभाग हरिहरभवन पठाउने तयारी भइरहेको प्रहरी उपरीक्षक राठौरले बताउनुभयो । पक्राउ गरिएकासँग थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: