Wednesday, September 26, 2018
Home > breaking > मिर्गौलापीडितलाई आर्थिक सहयोग

मिर्गौलापीडितलाई आर्थिक सहयोग

कलैया, भदौ ३१ ।
दुवै मिर्गौलाले काम गर्न छोडेपछि विगत आठ वर्षदेखि उपचार गराइरहनुभएका वासु अधिकारीलाई युथ अफ निजगढले शनिबार आर्थिक सहयोग गरेको छ ।

निजगढ नगरपालिका वडा नं ६ सडकटोलका ४७ वर्षीय अधिकारीको निवासमै पुगेर क्लबका अध्यक्ष उत्सव श्रेष्ठसहितको टोलीले पीडितका छोरा सुवर्ण अधिकारीलाई नगद रु १० हजारको चेक हस्तान्तरण गर्नुभयो ।

अधिकारीको उपचारमा हालसम्म रु १६ लाख खर्च भइसकेको र अझै रु १५ लाख लाग्ने उपचारमा संलग्न चिकित्सकले बताएको पीडित अधिकारीका छोरा सुवर्ण अधिकारीले जानकारी दिनुभयो ।

अधिकारीको किड्नी प्रत्यारोपण गर्न लागिएको सुवर्णले बताउनुभयो । पीडितका छोरा सुवर्णले बुबाको उपचारमा आर्थिक अभाव भएकाले सहयोग गरिदिनका लागि सबैमा आग्रहसमेत गर्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: