Saturday, November 17, 2018
Home > breaking > डोटीमा बस दुर्घटना हुँदा २८ जना घाइते, १५ जनाको अवस्था गम्भीर

डोटीमा बस दुर्घटना हुँदा २८ जना घाइते, १५ जनाको अवस्था गम्भीर

सञ्चारक

डोटी, भदौ २८ ।
जोरायल गाउँपालिका–२ छतिवनमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। बस सडकबाट ६० मिटर तल खसेको बताइएको छ। घाइते सबैको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

%d bloggers like this: