Tuesday, March 19, 2019
Home > breaking > तीजको दर खाँदा सुर्खेतमा नौ जना बिरामी

तीजको दर खाँदा सुर्खेतमा नौ जना बिरामी

सुर्खेत, भदौ २५ ।
तीजको दर खाँदा आइतबार बेलुका सुर्खेतमा नौ जना बिरामी परेका छन् ।
वीरेन्द्रनगर नगरपालिका–२ दौलतपुर सुर्खेत निवासी डिलमाया सुनारको घरमा दर खान बोलाइएका नौ जना आफन्त बिरामी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता श्यामसिंह चौधरीले जानकारी दिनुभयो । प्रवक्ता चौधरीका अनुसार बिरामी पर्नेमा ३० वर्षीय प्रदीप सुनार, ११ वर्षीय मिलन सुनार, नौ वर्षीय आशीष सुनार, २७ वर्षीय पदम सुनार, ३० वर्षीया चन्दा सुनार, ४५ वर्षीया चन्द्रकला सुनार, ४९ वर्षीय नरबहादुर सुनार, २० वर्षीया रीता सुनार र नौ वर्षीय अमित सुनार रहेका छन् ।

बिरामी सबैको उपचारको लागि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको उहाँले जनाउनुभयो । टाउको दुख्ने, वान्ता हुने, रिङ्गटा चल्ने समस्या भएको र त्यो अवस्था अहिलेसम्म सुधारमा नआएको बिरामीका आफन्त पूजा सुनारले जानकारी दिनुभयो ।

क्षेत्रीय अस्पतालका डा नमोबुद्ध शाक्यले फुड प्वाइजनका कारण यो समस्या आएको जानकारी दिनुभयो । बिरामी सबैको उपचार भइरहेको छ । रासस

%d bloggers like this: