Thursday, June 20, 2019
Home > breaking > मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

धादिङ, भदौ २४ ।
पृथ्वीराजमार्गस्थित धादिङको थाक्रे गाउँपालिका– २ बाह्रकिलोमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।

गल्छीबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४८ प ९७३४ नंको मोटरसाइकल सडकमा पल्टिएर भएको दुर्घटनामा सोही गाउँपालिका–६ निवासी ३३ वर्षीय दीपक श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । रासस

%d bloggers like this: