Tuesday, December 11, 2018
Home > breaking > बालिका बलात्कार गर्ने दुई जना जेल चलान

बालिका बलात्कार गर्ने दुई जना जेल चलान

भोजपुर, भदौ २१ ।
जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई विहीबार जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने मानबहादुर बोहोरा र १३ वर्षीय बालिका करणी गर्ने षडानन्द नगरपालिका–१२ का २८ वर्षीय कान्छा भनिने भवनी कट्टेललाई कैदसँगै क्षतिपूर्ति तोकेको हो ।

बोहोरालाई करणीमा १० वर्ष र हाडनातामा १ वर्ष गरी ११ वर्ष कैदसहित रु ७५ हजार क्षतिपूर्तिको फैसला गरिएको हो भने कट्टेललाई ८ वर्ष कैद र रु ७५ हजार क्षतिपूति तोकिएको छ । बोहोराले गत जेठ ६ गते, कट्टेलले जेठ २० गते बालिकालाई करणी गरेको प्रहरीले जनाएको छ । दुबै जनालाई जिल्ला न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलासले कैद तथा जरिवाना तोकेको हो । रासस

%d bloggers like this: