Saturday, November 17, 2018
Home > breaking > जङ्गली हात्ती मृत भेटियो

जङ्गली हात्ती मृत भेटियो

भद्रपुर, भदौ २१ ।
मेचीनगर नगरपालिका–९ स्थित एक किसानको धानखेतमा विहीबार बिहान जङ्गली हात्ती मृत फेला परेको छ ।

स्थानीय किसान रोहितकुमार ढुङ्गानाको खेतमा दुवै दाह्रा हिलोमा जोतिएको अवस्थामा हात्ती मृत फेला परेको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ ।
एक महिनाअघि मेचीनगर–३ कै पाँचपोखरी सामुदायिक वनमा अर्को हात्ती मरेको भेटिएको थियो । रासस

%d bloggers like this: