Monday, May 20, 2019
Home > breaking > सर्पदंशबाट बालिकाको मृत्यु

सर्पदंशबाट बालिकाको मृत्यु

झापा, भदौ १५ ।
कचनकवल गाउँपालिका–२ मा सर्पदंशबाट बिहीबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा कचनकवल–२ का तीलबहादुर भट्टराईको १४ वर्षीया छोरी पूजा भट्टराई रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो ।

घरमा सुतिरहेका अवस्थामा बालिकालाई गोमन सर्पले डसेपछि उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूजा सोही स्थानको पथरिया मावि कक्षा–८ मा अध्ययरत विद्यार्थी हुन् । बालिकाको मृत्यु भएपछि गाउँलेले बिहीबार घर छेउको जङ्गलमा रहेको उक्त सर्पलाई मारेका थिए । रासस

%d bloggers like this: