Thursday, June 20, 2019
Home > breaking > गएराति त्रिशूली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु, एकजना बेपत्ता

गएराति त्रिशूली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु, एकजना बेपत्ता

धादिङ, भदौ १३ ।
त्रिशूली नदीमा गएराति ट्रक खस्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।

काठमाडौँबाट नारायणगढतर्फ जाँदै गरेको बा४ख ७७८१ नं को ट्रक गजुरी गाउँपालिका–६ पोखरेखोलाबाट त्रिशूलीमा खस्दा गजुरी–६ का २२ वर्षीय केशर पुलामीको मृत्यु भएको छ । सोही ठाउँका २१ वर्षीय रामकृष्ण भुजेल नदीमा हराइरहेका छन् ।

भुजेलको खोजी भइरहेको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो । घाइते तीन जनालाई उपचारको लागि काठमाडौँस्थित ट्रमा सेन्टर पठाइएको छ । रासस

%d bloggers like this: