Thursday, January 17, 2019
Home > breaking > प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै बैंकमा तालाबन्दी

प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै बैंकमा तालाबन्दी

 

जनकपुरधाम, भदौ १० ।

प्रदेश सरकारको निर्णय अवज्ञा गरेको भन्दै प्रदेश नं २ का आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जनकपुरस्थित नेपाल राष्ट्र बैंकको कार्यालयमा तालाबन्दी गर्नुभएको छ ।

प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी भदौ १० गते रक्षा बन्धनका दिन बिदा घोषणा गरे पनि सङ्घीय सरकार मातहतका कार्यालयले अवज्ञा गर्न थालेपछि प्रदेश सरकार आक्रमक भएको हो ।

मन्त्री यादव आफै बैंकको कार्यालय पुगेर तालाबन्दी गर्दै साँचो आफ्नो नियन्त्रणमा लिनुभएको छ । संविधानले प्रदेश सरकारलाई बिदा दिने अधिकार दिए पनि सङ्घीय सरकार मातहतका कार्यालयले अटेरी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको मन्त्री यादवले बताउनुभयो । रासस

%d bloggers like this: