Tuesday, July 16, 2019
Home > breaking > बस र ट्रक आपसमा जुध्दा २८ घाइते

बस र ट्रक आपसमा जुध्दा २८ घाइते

चितवन, भदौ ९ ।
नारायणगढ मुग्लिन सडक खण्डमा शनिबार बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन् ।

दाङबाट काठामाडौँ जाँदै गरेको ना७ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना५ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो । बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ । रासस

%d bloggers like this: