Thursday, September 20, 2018
Home > breaking > खोलाले बगाएर दुई जनाको मृत्यु

खोलाले बगाएर दुई जनाको मृत्यु

जाजरकोट, भदौ ६ ।
खोलाले बगाएर जाजरकोटमा मंगलबार दुई जनाको मृत्यु भएको छ ।

मृत्युहुनेमा जाजरकोट जुनिचाँदे गाउँपालिका–४ लुहादहका ६ वर्षीय महेश चदारा रहेको छ । अभिभावकसँग घरबाट कोर्ताङ जाने क्रममा बडा खोलाले बगाई उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

यसैगरी भेरी नगरपालिका–१ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको दारखोलाले बगाई मंगलबार मृत्यु भएको छ । मिलमा मकै पिसाउन जाँदा दारखोला तर्ने क्रममा खोलाले बगाई उनको मृत्यु भएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: