Saturday, November 17, 2018
Home > breaking > सवारी दुर्घटनामा युवकको मृत्यु

सवारी दुर्घटनामा युवकको मृत्यु

पर्सा, भदौ २ ।
वीरगञ्जको इनर्वामा शनिबार अपराह्न भएको सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिकाको वडा नं १६ इनर्वामा रहेको मितेरी पुलमा ट्याङ्करले ठक्कर दिँदा बाराको विश्रामपुर गाउँपालिका–४ बलिरामपुर निवासी २० वर्षीय विनयराज गुप्ताको मृत्यु भएको हो ।

रक्सौलमा रहेको भारतीय आयल कर्पोरेसनबाट इन्धन लिइ वीरगञ्जतर्फ आउँदै गरेको ना ७ ख ५५५१ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको लु२४प ६८८६ नंको मोटरसाइकलाई ठक्कर दिँदा मोटरसाइकलमा सवार रहेका गुप्ताको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

मृतक गुप्ताको शव परीक्षणका लागि वीरगञ्जको नारयाणी उपक्षेत्रीय अस्पताल राखिएको छ । ठक्कर दिने ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । रासस

%d bloggers like this: