Friday, April 19, 2019
Home > breaking > गुल्मीमा भीरबाट खसेर एकजनाको मृत्यु

गुल्मीमा भीरबाट खसेर एकजनाको मृत्यु

सञ्चारक
गुल्मी, साउन ३१ ।
भीरबाट खसेर मदाने गाउँपालिका–७ भनभनेमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही गाउँपालिकाका २६ वर्षीय थम्मनबहादुर बोहोरा रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। मंगलबार बिहान घरबाट हिँडेका बोहोरा लामो समयसम्म घर नफर्केपछि स्थानीयले खोजी गर्ने क्रममा बुधबार चिप्लेभीरबाट करिब १०० मिटर तल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

%d bloggers like this: