Thursday, November 15, 2018
Home > breaking > दश किलोग्राम चरेशसहित छ जना पक्राउ

दश किलोग्राम चरेशसहित छ जना पक्राउ

काठमाडौँ, साउन २८ ।
महानगरीय प्रहरी वृत्त दरबामार्गले अवैध लागुऔषध १० किलोग्राम चरेशसहित छ जनालाई पक्राउ गरेको छ ।

वृत्तको टोलीले आइतबार साँझ लाजिम्पाट क्षेत्रमा चरेश कारोवार गर्दै हिँडिरहेको अवस्थामा बाग्लुङका २४ वर्षीय रोजन छन्त्याल र सुजन मगर, काभ्रेका २३ वर्षीय राम मगर, काठमाडौँका २० वर्षीय विशाल मगर, कास्कीका २७ वर्षीय सञ्जय सुवेदी र रोल्पाका ३४ वर्षीय शेरबहादुर पुनमगरलाई पक्राउ गरेको हो ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले अवैधरुपमा चरेश बिक्री वितरण गर्न हिँडिरहेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा उक्त चरेश फेला पारिएको जानकारी दिनुभयो । मल्लले पक्राउ परेकाले कहाँबाट ठूलो परिमाणमा चरेश ओसारपसार भइरहेको छ भन्नेबारेमा अनुसन्धान भइरहेको बताउनुभयो । रासस

%d bloggers like this: