Sunday, August 19, 2018
Home > breaking > जीपले ठक्कर दिँदा एकजनाको मृत्यु, पाँच जना घाइते

जीपले ठक्कर दिँदा एकजनाको मृत्यु, पाँच जना घाइते

पाल्पा, साउन २७ ।
तानसेनको बडीज्ञानटोमा जीपले ठक्कर दिँदा बगनासकाली गाउँपालिका–३ नायरनम्तलेसका नौ महीनाका निशान बस्यालको मृत्यु भएको छ ।
हुलाकचोकतिरबाट आन्दोलनचोकतर्फ आउँदै गरेको ग १ च ६७४८ नंको जीपको ब्रेक नलाग्दा पैदलयात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीपको ठक्करबाट अन्य पाँच जना घाइते तिनको युनाइटेड मिशन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रसनि अनुप अर्यालले जानकारी दिनुभयो । ब्रेक फेल हुँदा पाँच मोटरसाइकलमा क्षति पुगेको छ । गाडी चालक रैनादेवी छहरा–४ का कमल खत्रीलाई प्रहरीले नियन्त्रण लिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: