Sunday, August 19, 2018
Home > breaking > खोलाले बगाउँदा एकको मृत्यु

खोलाले बगाउँदा एकको मृत्यु

तुलसीपुर, साउन २७ ।
ग्यार खोलाले बगाउँदा गएराति एक जनाको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका– १२ का पर्शुराम चौधरीको खोलाले बगाउँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । चौधरी उच्च अदालत तुलसीपुर कार्यालयमा कार्यालय सहयोगीका रुपमा कार्यरत हुनुहुन्थ्यो । उहाँलाई आफन्तको घरबाट फर्कने क्रममा खोलाले बगाएको हो । चौधरी शव आज फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: