Wednesday, December 12, 2018
Home > breaking > भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

सञ्चारक
डोटी, साउन २७ ।
दिपायल सिलगढी नगरपालिका–७ मा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन।
आइतबार बिहान भालुको आक्रमणबाट पाँकरी ७ लेक गाउँकी २२ वर्षीया हिरा बिष्ट घाइते भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बिहान ६ बजे शौचालय जाने क्रममा बिष्टलाई भालुले आक्रमण गरेको स्थानियले जानकारी दिएका छन ।

घाइते महिलाको टाउको, मुख र घाटीमा चोट लागेको छ । उनको जिल्ला अस्पताल सिलगढी डोटीमा उपचार हुन नसकेपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

%d bloggers like this: