Sunday, August 19, 2018
Home > breaking > जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्छ : मन्त्री कार्की

जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्छ : मन्त्री कार्की

झापा, साउन २४ ।
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले जनप्रतिनिधिको सेवासुविधामा फेरबदल हुन सक्ने बताउनुभएको छ ।

जिल्ला समन्वय समिति झापाले बुधबार आयोजना गरेको तीनदिने ‘न्यायिक अधिकारसम्बन्धी तालीम’को उद्घाटन गर्दै उहाँले प्रदेश सरकारको पूर्ण व्यवस्थापन भएसँगै जनप्रतिनिधिको सुविधाका बारेमा फेरबदल हुन सक्छ भन्नुभयो ।

मन्त्री कार्कीले नागरिकको हितमा काम गर्न स्थानीय सरकारले थप रचनात्मक योजना ल्याउनुपर्नेमा जोड दिदैं नागरिकले चाहेजस्तो सेवासुविधा स्थानीय सरकारले दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले स्थानीय तहको न्याय सम्पादनलाई सहज बनाउनका लागि तालीम आयोजना गरिएको जानकारी दिनुभयो ।

“तालीमले स्थानीय न्यायिक समितिका पदाधिकारीलाई काम गर्न सहज हुनेछ,” उहाँले भन्नुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: