Friday, October 19, 2018
Home > breaking > दुर्घटनामा एकको मृत्यु, १७ घाइते

दुर्घटनामा एकको मृत्यु, १७ घाइते

राजविराज, साउन २३ ।
सप्तरी कञ्चनरुप नगरपालिकामा मंगलबार साँझ भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुर्घटनामा १७ जना घाइते भएका छन् ।

मृत्युहुनेमा कञ्चनरुप नगरपालिका–११ ठेलियाका ४५ वर्षीय थिरी चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–११ ठेलियामा स.८ प ६००३ नंको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाइकल चालक चौधरीको उपचारका क्रममा धर्मेश्वर अस्पताल ठेलियामा मंगलबार मृत्यु भएको जनाएको छ ।

यसैगरी पूर्व पश्चिम राजमार्गअन्तर्गत कञ्चनरुप नगरपालिका–८ बदगामास्थित माइक्रो बस र बस ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.३ख ८४८५ नंको माइक्रो बसलाई सोही दिशामा जाँदै गरेको को।१ख ४४६८ नंको बसले ठक्कर दिएपछि सो दुर्घटना भएको थियो ।

ठक्करबाट माइक्रो बस अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किएको थियो । गम्भीर घाइते ६ जनालाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल पठाइएको छ । तीमध्ये सुनसरी दुहवी नगरपालिका–८ सोनापुरका २८ वर्षीय उज्वल रेग्मीको अवस्था चिन्ताजक रहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक प्रतीक विष्टले बताउनभयो । अन्य घाइतेको स्थानीय धर्मेश्वर अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जनाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: