Sunday, October 21, 2018
Home > breaking > मुलुकको परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका : सभामुख अधिकारी

मुलुकको परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका : सभामुख अधिकारी

पोखरा, साउन २३ ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले मुलुकको आर्थिक, सामाजिक एवं राजनीतिक परिवर्तनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताउनुभएको छ ।

संसदीय पत्रकार समाज नेपालको आयोजना तथा संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशको संयोजनमा मंगलबार यहाँ आयोजित ‘संसदीय रिर्पोर्टिङ’ विषयक एकदिने प्रशिक्षण कार्यक्रममा उहाँले भन्नुभयो, “सञ्चारकर्मीले सत्य, तथ्य एवं विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्छ ।”

संसदीय पत्रकार समाजका अध्यक्ष नरेन्द्र साउदले प्रादेशिक संसदीय रिर्पोर्टिङलाई प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको उल्लेख गर्दै समाजले मुलुकका सात वटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले मुलुकमा संघीयताको सफल कार्यान्वयनका लागि मर्यादित पत्रकारिताको खाँचो रहेको औँल्याउनुभयो ।

पूर्वमन्त्री रमेश लेखकले प्रदेशसभाको व्यवस्थापन कार्यविधि, संसदीय मामिला पत्रकार समाजका सदस्य मनोज सत्यालले संसद् सचिवालय र पत्रकार सम्बन्ध, जगत नेपालले संसदीय पत्रकारिता र अन्तर्राष्ट्रिय अभ्यास तथा समाजका अध्यक्ष नरेन्द्र साउदले संसदीय पत्रकारिता सिद्धान्त र व्यवहार विषयमा प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा महासंघ गण्डकी प्रदेशका सचिव शम्भुबहादुर खड्का, संसदीय पत्रकार मञ्च गण्डकीका अध्यक्ष लालप्रसाद शर्मा, युएनडिपीका प्रतिनिधि लीला पन्त, सहभागी जमुना शर्मा वर्षा, प्रकाश ढकाल लगायतले संसदीय रिर्पोर्टिङमा देखिएका सम्भावना र चुनौतीका बारेमा चर्चा गर्नुभएको थियो ।

प्रशिक्षणमा गण्डकी प्रदेशसभा बैठकको रिर्पोर्टिङ गर्दै आउनुभएका २५ पत्रकारको सहभागिता थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: